काठमाडौँ, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेलगायतका बिषयमा निणर्य गर्नका लागि बैठक बोलाइको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्ने छ ।
‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुने छ,’ प्रवक्ता मोहन श्रेष्ठले भने । उनका अनुसार बैठकमा समसमायिक राजनीतिक विषयमा पनि छलफल भएर निष्कर्षमा पुग्ने छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आवद्ध नेताहरुसँग यसअघि नै छलफल गरिसकेको छ ।
आफ्नो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमबार साँझ छलफल गरेको राप्रपाले आज नै निर्णय लिएर फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा निर्क्यौल गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्