काठमाडौँ, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आफूलाई राजावादी भन्ने समूहले निर्वाचनमा कसलाई मत दिए भन्दै प्रश्न गरेका छन् ।
राप्रपाको जस्तै राजसंस्था, हिन्दु राष्टको मुद्दा लिएकाले नै राप्रपाविरुद्ध नै षड्यन्त्र गरिरहेको भन्दै उनले भनेका छन्, “एकाध राजावादी छन् तिनले आफैँ उम्मेदवार बनेर राप्रपाका उमेदवारलाई हराइदिए । रवीन्द्र मिश्रको हारमा राजावादी भनिनेहरु नै हारको कारण बन्न पुगेका होइनन् र ? हामीलाई जान्न मन छ, हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा लिएर राजनीतिक समुह बनाएका, आफ्नै उम्मेदवार खडा नगरेका १०० भन्दा बढी दल र समूहले गएको निर्वाचनमा कहाँ भोट हाले ?”
राजनीतिक दलमा आफ्नै सीमा र मर्यादा हुने भन्दै उनले राष्ट्रपति निर्वाचनबारे बृहत् छलफलबाट उपर्युक्त निर्णय लिने बताए । बुधबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनका सम्बन्धमा निर्णय लिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्