काठमाडौँ, २५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरू हुने छ ।
जसपाले बिहीबार बिहान सांसदहरूलाई बालकुमारीमा उपस्थित हुन पनि निर्देशन दिएको छ । पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम छ ।
बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरूलाई सूचित गरिएको छ । जसपाका संघीय सांसद १४ र प्रदेश सांसदहरू २२ गरी ३६ जना सांसदहरू छन् । प्रतिनिधिसभा समानुपातिक तर्फको एक स्थान रिक्त छ ।
८ दलीय सहमतिअनुसार उपराष्ट्रपति जसपाले पाउने बताइएको छ । उपराष्ट्रपतिका लागि शनिबार मनोनयन दर्ताको कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्