काठमाडौँ, २५ फागुन । आज हुन गइरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजेभित्र निर्वाचन परिणाम घोषणा हुने छ ।
उनका अनुसार विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र नै मतगणना हुने र सोही स्थानबाट मत परिणाम सार्वजनिक हुनेछ । ‘मतदानस्थलमा नै मत गणना गर्ने छौँ र ७ बजेभित्रमा मत परिणाम पनि सार्वजनिक गरिसक्ने छौँ,’ उनले भने ।
संघीय संसद्अन्तर्गतका मतदाता र प्रदेशसभा सदस्यअन्तर्गतका मतदाताका अलग–अलग मतगणना गरिने र एकमुष्ठ रुपमा मतपरिणाम घोषणा गरिने गरी तयारीका साथ काम आयोगले राष्ट्रपति निर्वाचनको तयारी पूरा गरेको छ ।
आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने छ ।
प्रतिक्रिया दिनुहोस्