काठमाडौँ, २५ फागुन । आज हुने राष्ट्रपति निर्वाचनको निम्ति अलग अलग दुईवटा मतपत्र उपलब्ध हुने छ ।
निर्वाचन आयोगले व्यवस्था गरेअनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग–अलग मतपत्र उपलब्ध हुन लागेको हो ।
रातो मतपत्र संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई दिइने छ भने हरियो मतपत्र प्रदेशसभाका सांसदलाई दिइने आयोगका स सचिव तथा प्रवक्ता शालिकराम पौडेलले जानकारी दिएका छन् ।
मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने छ ।
प्रतिक्रिया दिनुहोस्