ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संक्रमणकालीन न्याय दल विशेषको मात्रै मुद्दा होइन (भिडियोसहित)


ABC NEWS
२६ फाल्गुन २०७९, शुक्रबार   ११ : ४३   बजे

काठमाडौं, २६ फागुन ।

विस्तृत शान्ति सम्झौताको झण्डै १७ वर्षपछि सरकारको नेतृत्वमा रहेको दलमाथि सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको छ । २०५२ साल फागुन १ गते सुरु भएको युद्वको २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेर विधिवत् रुपमा द्वन्द्व अन्त्यको घोषणा गरिएको थियो । उक्त शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दुई पात्रमध्ये तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला अहिले हामी माझ छैनन् । तत्कालीन युद्वरत माओवादीका तर्फबाट प्रचण्डले हस्ताक्षर गरेका थिए । सो शान्ति सम्झौताको मुद्दा सर्वोच्च अदालतमा रिट परेपछि यस विषयमा सबैको ध्यान केन्द्रीत छ । द्वन्द्वकालीन त्यो अवस्था राज्यको दायित्वभित्र पर्ने हुँदा यसलाई संक्रमणकालीन न्याय प्रक्रिया अनुरुप नै टुंगाउनुपर्ने नेताहरुको भनाइ छ ।

तत्कालीन समयमा २०५२ फागुन १ गते माओवादी जनयुद्व सुरु भयो । दश वर्षको द्वन्द्वपछि २०६३ मंसिर ५ गते द्वन्द्वरत पक्ष माओवादी र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर भयो । अहिले सो सशस्त्र युद्ध भएको झण्डै २६ वर्ष र शान्ति सम्झौता भएकै १७ वर्ष पुग्न लागेको छ । यसअघि २०६५ र २०७३ मा माओवादीले सरकारको नेतृत्व गरिसकेको छ । तर, विस्तृत शान्ति सम्झौता भने टुंगोमा पुग्न नसक्दा माओवादी र यस पार्टीका अध्यक्ष जो अहिलेको प्रधानमन्त्री पनि छन्, पुष्पकमल दाहाल प्रचण्ड उनीमाथि कानुनी प्रश्न उठ्ने गरेको छ । सम्भवतः नेपाली इतिहासकै पहिलो पटक प्रधानमन्त्री बहाल रहेकै अवस्थामा द्वन्द्वका क्रममा ज्यान गुमाएका २६ जना आफन्तहरुले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । उनी विरुद्वको मुद्दामा फागुन २५ गते पेशी तोकिएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले यो मुद्दा संक्रमणकालीन न्याय प्रणाली अनुसार टुंगोमा पु¥याउनुपर्ने बताएका छन् । राज्यको प्रचलित कानुनले संक्रमणकालीन न्यायलाई यसमा केन्द्रीत गरेकाले सत्य निरुपण मेलमिलाप आयोगमार्फत यो विषय हल गर्नुपर्ने उनको भनाइ छ ।

अहिलेको समयमा पनि कांग्रेसले पनि संक्रमणकालीन मुद्दा फौजदारी मुद्दामार्फत नभई विस्तृत शान्ति सम्झौताबाट यो विषय टुंगाउनुपर्ने बताएको छ । राष्ट्रपति निर्वाचनसँगै फेरिएको सत्ता समिकरणपछि अहिले नेकपा एमाले सरकारबाट बाहिरिएको छ भने बाहिर रहेको नेपाली कांग्रेस नौ दलीय सत्ता गठबन्धनभित्र प्रमुख दलको रुपमा छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालीन मुद्दा कुनै दलको मात्र विषय नभएको बताएका छन् । यसकारण, माओवादी एक्लैलाई छानीछानी मुद्दा लगाउनु न्यायोचित नहुने सो समेत कांग्रेस नेताहरुले बताउने गरेका छन् । यो मुद्दाको समाधान सामान्य फौजदारी न्याय सम्पादनबाट नभइ यसलाई तार्किक निश्कर्षमा पु¥याउन संक्रमणकालीन न्याय पद्दति अनुरुप हुन्छ भन्ने कुरा सर्वोच्च अदालतलाई अझ राम्रोसँग थाहा भएको उनले बताए ।

कांग्रेस नेता रमेश लेखकले द्वन्द्वकालीन मुद्दामा ज–जसलाई पिडा भएको छ यो न्याय दिने विषय राज्यको विषय भएको बताए । यो राज्यको विषय भएपछि सरकारको, संसदको र सिंगो राष्ट्रको मुद्दा भएको उनले बताए । यसकारण, यो कुनै एक अदालत वा अमुक दलको विषय भन्ने नहुने उनको तर्क छ । तर यस सम्बन्धमा विगतमा ऐनहरु बनेको बताउँदै उनले यस सम्बन्धमा गठन भएको सत्य निरुपण मेलमिलाप आयोग लगायतका संस्थाहरु निष्प्रभावी भएको बताए । यो सम्पादन कार्य धेरै ढिला भएकोले अबको दिनमा छिटोभन्दा छिटो संक्रमणकालीन न्याय पद्दतिबाट टुंग्याउनुपर्ने भनाइ उनले राखे ।

अहिले सो मुद्दालाई लिएर प्रचण्डविरुद्व रिट परेपछि पूर्व माओवादी नेताहरु उनको पक्षमा आवाज उठाएका छन् । देशमा पछिल्लो समय, राजनीतिक अस्थीरता मात्रै होइन, राजनीतिक नेतृत्वबाट गरिनुपर्ने अत्यन्तै संवेदनशील निर्णयहरुमा समेत कानुनी निकायमा भर पर्नु परेको अवस्था छ । सर्वोच्च अदालतदेखि देशका कानुनी निकायहरु संकटपूर्ण अवस्थामा रह्यो । मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा भएको एक खाले गठबन्धन बालकोट बैठकपछि एमालेसहितको गठबन्धनमा परिनत भयो । त्यसको दुई महिनाको हाराहारीमा बालुवाटार बैठकले पुनः एमाले सरकारबाट बाहिरियो र कांग्रेसको इन्ट्री भएको छ । अहिलेको अस्थीर गठबन्धन सरकार, राजनीतिक प्रणाली रहेको अवस्थामा प्रधानमन्त्री एवम् उनी नेतृत्वको पार्टीमाथि विगतको द्वन्द्वकालीन अवस्थाको परिस्थितीलाई लिएर सामान्य फौजदारी अभियोगको रुपमा सर्वोच्चमा रिट दर्ता भएको हो । यो परिस्थितीमा नेकपा माओवादी केन्द्र र तत्कालीन शान्ति सम्झौता गर्दा ताकाको नेपाली कांग्रेसले यसलाई संक्रमणकालीन न्याय प्रणाली अनुरुप तार्किक निश्कर्षमा पु¥याउनुपर्नेमा जोड दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group