बारा, २७ फागुन । कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका छन् ।
रामवनको राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमणमा वडाध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीय प्रशासनको अनुगमन टोलीले शनिबार स्थलगत अनुगमनको क्रममा वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो ।
वन क्षेत्रमा लगाइएको बिरुवा अतिक्रमणकारीहरूले नष्ट गरेका थिए । राष्ट्रिय वन क्षेत्रभित्रको करिब ५ हेक्टर खाली भूभागमा भूमाफियाले वनको जग्गा अतिक्रमण गर्ने र सुकुमबासी आयोगबाट पुर्जा लिने नियतले यसो गरेको हुनसक्ने वन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्