ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले काम नपाउने चुनौती बढेको छ : महामन्त्री थापा


एबीसी / संवाददाता
१ चैत्र २०७९, बुधबार   ६ : ००   बजे

काठमाडौँ, १ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले नै काम नपाउने चुनौती बढेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको ‘नीति अधिवेशन’ मा उनले नेपालमा काम नपाउने अवस्था सिर्जना भएको बताएका हुन् । “नेपालमा रोजगारी सिर्जना हुन्छ तर नेपालीले काम पाउँदैनन्, आज के कति कारणले नेपाली श्रमिकले काम पाएका छैनन् त्यसमा गम्भीर बहस हुनुपर्छ”, उनले भने ।

महामन्त्री थापाले आजको समस्या समाधान गर्न पनि बिपी कोइरालाले नै भनी दिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बिपीमाथि नै कांग्रेसले अन्याय गरेको हुने बताए । उनले हाम्रो भागको समस्याको समाधान हामी आफैँले गर्नुपर्ने भन्दै त्यसमा लाग्न ट्रेड युनियन कांग्रेसका पदाधिकारीलाई सचेत गराए । महामन्त्री थापाले बिपी कोइराला कांग्रेसका लागि मूल विचारधाराको स्रोत भए पनि आजको चुनौती हामी आफैँले समाधान गरेर अघि बढ्नुपर्ने बताए । पार्टीभित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

महामन्त्री थापाले पार्टीभित्र आफूले केही वैचारिक छलफल चलाउन खोजेपनि त्यसमा पार्टीभित्रैबाट साथ नपाएको गुनासो गरे । आजदेखि सुरु भएको नीति अधिवेशन दुई दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu