ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु


bhawani desk
१ चैत्र २०७९, बुधबार   १ : ३२   बजे

काठमाडौं, १ चैत ।   दाङ, लमही नगरपालिका-९ रिहारस्थित सडकमा रा.७ त २२८६ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने २० वर्षीय करण बर्माको मंगलबार साँझ मृत्यु भएको छ ।  ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, बकैया गाउँपालिका-१२ खोरभञ्ज्याङ्स्थित सडकमा ना.८ ख ५३३५ नम्बरको टिपर अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा टिपर चालक मकवानपुरगढी गाउँपालिका-२ अदुवाखर्क बस्ने २८ वर्षीय चन्द्र योन्जनको मृत्यु भएको छ ।

यसैगरी, मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित सडकमा मधेश प्रदेश ०३-००१ च ६९४३ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भोजपुर, रामप्रसादराई गाउँपालिका-५ लुगेनीस्थित सडकमा ना.३ त ३४५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने १८ वर्षीय भिम बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरी, बर्जु गाउँपालिका-२ ढट्टाटोलस्थित सडकमा को.७ प ५६५ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीया चन्द्रकला देवी रायको गएराति मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएकी उनको कोशी अस्पताल विराटनगरमा उपचारकको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group