काठमाडौँ, २ चैत । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदबारे निर्णय गर्न बिहीबार बैठक बोलाएको छ ।
बिहीबार बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसबारे निर्णय गर्ने छ । बैठक पार्टी कार्यालय, बालकुमारीमा बिहान ११ बजे बस्ने छ ।
समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातवाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ । सोही रिक्त स्थानको पदपुर्तीका लागि निर्णय लिन बैठक बोलाईएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
सो निर्णयसँगै पार्टीको तर्फबाट रिक्त रहेको सांसद पदमा निर्वाचित गराउन जसपाले निर्वाचन आयोगलाई पत्राचार गर्दै छ ।
जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् ।
प्रतिक्रिया दिनुहोस्