काठमाडौँ, ४ चैत । राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरुबीच आज बिहान शीतल निवासमा भेटघाट हुने भएको छ ।
उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरुलाई राष्ट्रपति पौडेलले शनिबार बिहान चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।
उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरु राजधानी काठमाडौँमा आएका छन् । सांसदहरूसँगै प्रमुख दलका शीर्ष नेताहरू पनि आमन्त्रित छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रुपमा सांसदहरुलाई भेटघाट गर्न खोजेका हुन् । पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्