ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुडामणि शर्माविरुद्ध भ्रष्टाचार गरेको दावीसहित अख्तियारको मुद्दा दर्ता


admin
१५ माघ २०७४, सोमबार   ४ : ४५   बजे

काठमाडौं, १५ माघ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले शर्माले ४ करोड २९ लाख ५४ हजार १ सय २३ रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा चुडामणि शर्माले सरकारी जागिर खाएयता ३ करोड ६३ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको देखिएको तर उनी र उनका आफन्तको नाममा ७ करोड ९३ लाख २७ हजार रुपैयाँ भन्दा धेरै सम्पत्ति देखिएको अख्तियारले जनाएको छ ।

शर्मालाई ४ करोड २८ लाख रुपैयाँको विगो तथा हदैसम्मको कैद सजाय माग गरि मुद्धा दायर गरिएको छ ।

अख्तियारले शर्माको कुल ४ करोड २८ लाख ५४ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको, सम्पत्ति विवरण पनि अमिल्दो र अस्वभाविक देखिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेकोे हो ।

त्यससंगै शर्माकी श्रीमती र छोराछोरीको नाममा विभिन्न बैंकमा रकम तथा शेयर रहेको, परिवारले महँगा घर तथा गाडीको प्रयोग गरेको देखिए पनि आयको बैध स्रोत नदेखिएको अख्तियारको दावी छ ।

चुडामणि शर्मालाई कर फछ्र्योट आयोगमा रहँदा अस्वभाविक रुपमा १० अर्व रुपैयाँ कर छुट दिएको भन्दै अख्तियारले पक्राउ गरेको थियो । तर शर्मा अदालतको आदेशमा रिहा भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठको रिहाइ माग्दै एमाले सांसद राई, ‘प्रेस स्वतन्त्रतामाथि आघात’

प्रधानमन्त्रीको खोजीमा विपक्षीको ७५ दिने विरोध रोकियो, सभामुखले दिए रुलिङ

सम्बन्धित

ग्यास अभावबारे सांसद देवकोटाको प्रश्न : ‘अभाव हो भने सरकारलाई असर किन देखिएन?’

आजको मौसम : पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

ग्यास अभावबारे सांसद मेचेको प्रश्न– ‘नाकाबन्दी छैन, आपूर्ति व्यवस्थापन किन भएन?’

ग्यास नपाउँदा सांसद कर्णको घरमै चुलो बलेन, सरकारसँग मागे जवाफ

सङ्घीय संसद्को बैठक सुरु, विभिन्न विधेयकमाथि छलफल हुँदै (प्रत्यक्ष प्रसारण)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu