ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डलाई हाइड्रोजन गाडी दियौं, स्टार्ट नहुँदै हामफाल्नुभयो – लिङ्देन


एबीसी न्यूज
६ चैत्र २०७९, सोमबार   ३ : ५७   बजे

काठमाडौं, ६ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि बोल्दै लिङ्देनले हाइड्रोजन गाडी दिँदा स्टार्ट नहुँदै हामफालेको टिप्पणी गरे ।

‘धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ’ उनले भने, ‘गाडी फेरिराख्ने ड्राइभरले ‘मेरो गाडी थोत्रो भयो, पुरानो भयो, तपाईहरुको चढ्छु, हाँक्छु मेरो अनुभव पनि छ भनेपछि लाइसेन्स भएको मान्छे दिउँ भनेर गाडी पनि कहाँ हाइड्रोजन गाडी दिएको, गाडी स्टार्ट नहुँदैखेरि ड्राइभर हामफालेर तैट म त पुरानै गाडी चलाउँछु भनेर हिँडेपछि हामीले के गर्ने ?’ आफूहरुसँग गाडी रहेको, चलाउने सीप रहेको तर लाइसेन्स नभएको भन्दै लिङ्देनले पर्खिनुको विकल्प नभएको बताए ।

उनले प्रधानमन्त्रीले बाटो फेरेपछि आफूहरुले इमान्दारिपूर्वक समर्थन फिर्ता लिएको पनिबताए । ‘त्यो रात पनि गाह्रो भयो तपाईले बाटो फेरेपछि’ उनले भने । लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई भाग्यमानी भन्दै ठट्टा गरे । ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ दुई महिनामा दुई–दुई पटक विश्वासको मत लिदै हुनुहुन्छ, वैशाख १५–२० तिर फेरि यस्तै दिन नआओस्’ उनले भने । गाउँघरमा कहिले काँही यस्तो ड्राइभर भेन्टिन्छ, छिनछिनमा गाडी फेरिराखेको हुन्छ । कहिले कसको गाडी चलाइराखेको हुन्छ, कहिले कसको चलाइराखेको हुन्छ । मान्छेहरुले भन्छ, यो टिकाउ छैन, गाडी फेरिराख्छ, धेरै दिन बस्दैन ।कहिले काँही त्यस्तो धेरै गाडी फेरिराख्ने ड्राइभर धेरै ठाउँको अनुभवले नयाँ गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ । यो चोटी राप्रपाले केही थान मन्त्रालय लिएर सरकारमा सहभागी हुने मनसाय राखेको थिएन ।

तर यस्तै गाडी फेरिराख्ने ड्राइभर तपाईंहरुको गाडी चलाउँछु भनेर आएपछि अनुभवी ड्राइभर छ, लाइसेन्स पनि भएको भनेर हाइड्रोजन गाडी दियौं । हाइड्रोजन गाडी स्टार्ट नहुँदै ड्राइभर हामफालेर तट् म त पुरानै गाडी चलाउँछु भनेर हिडेपछि अब हामीले के गर्ने ? अब राप्रपाको अवस्था त यस्तो भयो कि गाडी छ, चलाउने सिप पनि छ, लाइसेन्स छैन । कुर्नुपर्ने भयो । धेरै भन्नु छैन, प्रधानमन्त्रीजीलाई अर्को यात्राका लागि शुभकामना छ । असहमति राखेर तपाईँले बाटो फेरपेछि त्यो रात पनि गाह्रो भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu