ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनविरूद्धको लडाइँ रोक्ने चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको छु : पुटिन


एबीसी / संवाददाता
७ चैत्र २०७९, मंगलबार   १० : ०२   बजे

एजेन्सी, ७ चैत । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङलाई युक्रेन द्वन्द्वको समाधानका लागि चीनका प्रस्तावलाई सम्मानका साथ हेरेको बताएका छन् ।

रूसको तीन दिने राजकीय भ्रमणका लागि मस्को पुगेका राष्ट्रपति सीलाई पुटिनले चीनको युक्रेन शान्ति योजनाबारे छलफल गर्ने बताएका छन् । चीनका राष्ट्रपति सी रूसका राष्ट्रपति पुटिनसँग भेटघाट गर्न मस्को पुग्नुले दुई राष्ट्रबीचको घनिष्ठ सम्बन्धलाई उजागार गरेको र किभ र यसका पश्चिमी सहयोगीहरूलाई यसबारे चनाखो रहने संकेत मिल्ने देखिएको छ । राष्ट्रपति सीले आफ्ना रूसी समकक्षी पुटिनलाई आगामी वषए हुने राष्ट्रपतीय निर्वाचनमा रूसी जनताको समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको समेत उल्लेख गरेका छन् ।

मस्कोमा जारी भ्रमणको सुरूवातमा अनौपचारिक वार्तामा बोल्दै राष्ट्रपति पुटिनले हालैका दशकहरूमा चीनको द्रुत विकासबाट रूस ‘अलिकति इर्ष्यालु’ भएको पनि बताएका छन् । यसैबीच युक्रेन र बेलायतले चिनियाँ नेतालाई आफ्नो प्रभाव प्रयोग गर्न र मस्कोलाई युुद्ध अन्त्य गर्न दबाब दिन आग्रह गरेका छन् । पछिल्लो समय बेलायतले चीनले क्षेत्रीय अखण्डताको सम्मानका लागि आफ्नो समर्थनलाई समर्थन गर्न र रूसलाई युक्रेनमा युद्ध अन्त्य गर्न आग्रह गरेको छ ।

साथै किभले चीनले युक्रेनमा युद्ध अन्त्य गर्न रूसमाथि आफ्नो प्रभावको कूटनीति प्रयोग गर्ने अपेक्षा युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बताएका छन् । रूसको राजकीय भ्रमणको पहिलो दिन एक दोभाषेमार्फत् बोल्दै राष्ट्रपति सीले पुटिनलाई धन्यवाद दिँदै बेइजिङले मस्कोसँग घनिष्ठ सम्बन्ध राख्नुपर्ने बताएका छन् ।

रूस–युक्रेन युद्ध सन् २०२२ फेब्रुअरी २४ मा सुरू भएयता चीनका राष्ट्र प्रमुखबाट आफ्नो छिमेकी र नजिकको रणनीतिक साझेदार रहेको देश रूसको भ्रमण गरेको यो पहिलो पटक हो ।

चीनका राष्ट्रपति सीको रूस भ्रमण हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएको केही दिनपछि आएको हो । शुक्रबार सीको मस्को यात्राको घोषणापछि ह्वाइट हाउसले चीनबाट सम्भावित प्रस्तावकहरूको बारेमा चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति सीको यस भ्रमणबाट विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

‘स्पेन खुला छ’ भन्ने ‘फेक’ सूचनाले युरोपमा राजनीतिक आँधी !

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

स्पेन पुगेका हजारौँ आप्रवासी मोरक्को फर्किए, के हो सिउटा संकटको कारण ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu