ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डलाई मन्त्रालय बाँडफाँडमा सकस


एबीसी / संवाददाता
१० चैत्र २०७९, शुक्रबार   ७ : ५५   बजे

काठमाडौँ, १० चैत । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकेर संसद्‌बाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै सरकार विस्तार गर्न सकेका छैनन् ।

चैत ६ गते दोस्रोपटक संसद्‌मा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको संयुक्त बैठकसमेत राख्न सकेका छैनन् । प्रचण्डले बुधबार र बिहीबार गठबन्धनका केही नेतासँग छुट्टाछुट्टै छलफल गरेका छन् । बिहीबार पनि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरे । सत्ता गठबन्धनका १० दललाई मन्त्रालयको बाँडफाँड मिलाउन प्रचण्डलाई सकर परेको छ ।

सत्ता गठबन्धनको ठुलो दल कांग्रेसका नेताहरू संसद्‌मा रहेको सिट संख्यालाई आधार मानेर मन्त्रालय बाँडफाँड गर्नु पर्ने पक्षमा छन् । तर, सहमतिका लागि लचक रहेको कांग्रेस नेताहरूको तर्क छ ।

ठुलो दलको हैसियतले आफूहरूलाई सम्मानपूर्वक सरकारमा समावेश गर्न प्रधानमन्त्री र गठबन्धनका नेताहरू सचेत रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको दाबी छ ।

यद्यपि, गठबन्धनका सबै दल सकारात्मक रहेकाले अबको एक साताभित्र प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने कुरामा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल ढुक्क छन् । “प्रधानमन्त्रीलाई सबै दलले निकै सकारात्मक हिसाबले क्याबिनेट विस्तारको एउटा मोडालिटी बनाउनुस्, प्रस्ताव गर्नुुस् र एक–दुई दिनमा बसौँ भनेर हिजो मात्रै कुरा गरेका छन् । यो हप्ता सकिन २ दिन बाँकी छ । अब आउने हप्ता मन्त्रिपरिषद् विस्तार हुन्छ,” उनले भने ।

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै गठबन्धनका मुख्य दलले सरकारको साझा कार्यक्रमका विषयमा पनि छलफल थालेका छन् । बिहीबारै कांग्रेस, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू साझा कार्यक्रमबारे छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group