ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८


abc tv
१० चैत्र २०७९, शुक्रबार   ११ : २४   बजे

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ को नतिजा प्रकाशन गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन् । आज सार्वजनिक भएको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

गत वर्षको माघमा प्रकाशित जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० थियो । त्यसबेला प्रारम्भिक तथ्यांक प्रकाशन गरिएको र अहिलेको नतिजा अन्तिम भएकोले यो नै आधिकारिक भएको कार्यालयको भनाइ छ।

आज प्रकाशति तथ्यांकअनुसार नेपालमा महिलाको जनसंख्या पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख ५७ हजार ४७६ जना बढी छ। महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार २७ छ भने पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ जना रहेको छ । जस अनुसारको महिलाको प्रतिशत ५१.०२ र पुरुषको ४८.९८ रहेको छ । अन्यलिंगीको जनसंख्या ०।०१ प्रतिशत रहेको तथ्यांककार्यालयले प्रकाशन गरेको राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजामा उल्लेख गरिएको छ।

नेपालको जनसंख्या वृद्धिदर घटेर १ प्रतिशतभन्दा कम देखिएको छ। २०६८ सालको जनगणनामा १.३ प्रतिशत रहेको जनसंख्या वृद्धिदर घटेर अहिले ०.९२ प्रतिशत रहेको छ । जसअनुसार सबभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर हो । जहाँको जनसंख्या वृद्धिदर ३.३५ प्रतिशत छ भने सबभन्दा कम वृद्धिदर भएको जिल्ला रामेछाप हो । जहाँको जनसंख्या वृद्धिदर १.६७ रहेको छ।

तत्कालीन केन्द्रीय तथ्यांक विभागले २०७८ कातिक २५ देखि मंसीर ९ गतेसम्म १२औं जनगणना सम्पन्न गरेको थियो । २०७८ साल जेठ २५ देखि असार ९ गतेसम्म जनगणना गर्ने पूर्व निर्धारित कार्यक्रमकोरोनाकाकारण स्थगितभएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group