ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँघरको उखुको व्यापार सडकमा


एबीसी न्यूज
१० चैत्र २०७९, शुक्रबार   ३ : ००   बजे

काठमाडौं, १० चैत । धनकुटाको तमोर नदीस्थित मूलघाटमा रहेको सशस्त्र प्रहरीको ‘चेकपोष्ट’मा कुनै सवारी नम्बर दर्ता इन्टिङ गर्न रोकिनेबित्तिकै तँछाडमछाड गर्दै स्थानीय व्यापारी ‘उखु खाम उखु’ भन्दै गाडीका झ्यालमा पुग्छन् ।

घरीघरी सडकको दुवैतर्फबाट गाडी आएर रोकिँदा उखु बेच्नेको भागदौड र भीड हेर्न जति रमाइलो लाग्छ सायद यात्रुलाई पनि त्यति नै उखु खाउँखाउँ लाग्दो हुन्छ होला । त्यसैले त कोसी राजमार्गको धरान–धनकुटा सडकखण्डको यो साँगुरी गाउँपालिकाको वडा नं १ र धनकुटा नगरपालिका वडा नं ९ मा रहेको मूलघाटमा वर्षभरि उखु बेच्नेको भीड लागिरहन्छ ।

राजमार्गमा यातायातमा आउने यात्रुलाई उनीहरुले उखुको टुक्रा बनाएर प्रतिमुठा रु ५० देखि एक सयसम्म बेच्ने गरेका छन् । यहाँ सडकमा उखु बेच्नको जति भीड लाग्छ त्यति नै धेरै यही गाउँपालिकाको वडा नं ७ स्थित साविक महाभारत गाविसको लेउतीटार गाउँभरि उखुखेती पनि हुने गर्दछ । यहाँ उत्पादित उखु यात्रुलाई बेचेर यहाँका ६० भन्दाबढी घरपरिवार स्वरोजगार बनेका छन् ।

लेउती खोलाको किनारमा रहेको यी गाउँका मानिस खोलामा बालुवा चाल्ने, सिजनअनुसार राजमार्गमा आँप, सजिवन ९मोरिङ्गा०, सरिफा र तमोर नदीको माछा बेच्ने गर्दछन् । तर उनीहरुको मुख्य जीवनयापन गर्ने मुख्य आधार भने उखुखेती नै रहेको र यस गाउँमा वर्षौंदेखि किसानले खेती गर्दै आएको स्थानीय ६५ वर्षीय माघिश्वर लिम्बू बताउनुहुन्छ ।

यहाँ उत्पादन भएको उखु राजमार्गमा लगेर स्थानीयले लामो समयदेखि बेच्दै आएकाले यहाँस्थित राजमार्गको एउटा स्थानलाई ‘उखु डाँडा’को नामलेसमेत चिनिन्छ । पहिला यहाँ ज्ञमरा जातको रातो उखु पाइए पनि रोगको प्रकोपले नष्ट भएपछि हाल त्यस्तै देखिने पानमारे रातो उखु किसानले लाउने गरेको लिम्बूले जानकारी दिनुभयो ।

हाल गाउँमा निजी र भाडामा लिएर ६० भन्दाबढी किसानले उखुखेती गरिरहेको उहाँले जानकारी दिनुभयो । एक रोपनीमा लगाएको उखु ८० हजार ठेक्कामा बेचेको बताउने लिम्बूले आफ्ना दुई छोरा र बुहारी आफ्नो आशमा लगाएको उखु व्यापार गरेर जीवनयापन गरिरहेको जानकारी दिनुभयो ।

चिनी नबन्ने खान मात्र मिल्ने यो उखुमा औषधि गुण भएकाले यसको उत्पादन र व्यापारले निरन्तरता पाएको अनुभव छ सो गाउँकी ६९ वर्षीय विष्णु चाम्लिङ ९सुवेदी०को । “जन्डिसको औषधि हुने भएकाले बिरामीले खोजीखोजी लान्छन्”, चाम्लिङ भन्नुहुन्छ ।

विगत २५ वर्षदेखि उखु व्यापार गर्दै आउनुभएकी चाम्लिङले आफूले यहाँ उखु बेच्दा तीन जना मात्र भए पनि हाल उक्त सङ्ख्या बढेर ५० देखि ६० जना पुगेको सुनाउनुभयो । तीन रोपनी जमिन वार्षिक १० हजार ठेक्का तिरेर उखुखेती गर्दै आउनुभएकी चाम्लिङले दैनिक दुई सयदेखि एक हजारसम्मको उखु बेच्ने गरेको जानकारी दिनुभयो ।

वर्षको कति कमाउनुहुन्छ भन्ने प्रश्नमा चाम्लिङ भन्नुहुन्छ, “खै हिसाब नै हँुदैन । बेच्यो, किन्यो, खायो जीवन चलेको छ ।” सो गाउँका ३७ वर्षीया योगेन्द्र लिम्बूले बाजेको पालादेखि आफ्नो परिवारले उखुखेती गरेर जीवनयापन गर्दै आएको जानकारी दिनुभयो । बाह्र रोपनीमा उखु लगाएका लिम्बूले वर्षभरिमा १० देखि १२ लाखसम्मको उखु बेच्ने गरेको जानकारी दिनुभयो ।

“पहिला हिउँदको सिजनमा मात्र उखु पाइन्थ्यो”, लिम्बूले भन्नुभयो, “अहिले माग बढेकाले उत्पादन बढेर बारै महिना पाउँछ ।” आफ्नो माइतीले लेउतीटारमा दिएको तीन रोपनी दाइजो जमिनमा लगाएको उखु बेचेर दैनिक चार देखि पाँच सयसम्म कमाइ गर्ने गरेको अर्का ३६ वर्षीया भगवती लिम्बूले जानकारी दिनुभयो ।

विगत २० वर्षदेखि निरन्तर उत्पादन गरेर बेच्दै आएको बताउने लिम्बूले वार्षिक उखु बेचर रु दुईदेखि तीन लाख कमाई गर्ने जानकारी दिनुभयो । एकमात्र व्यावसायिक उखुखेती हुने यो लेउतीटार गाउँ जिल्लाकै पकेट क्षेत्र हो । कृषि ज्ञानकेन्द्र धनकुटाको तथ्याङ्कअनुसार जिल्लामा ५० हेक्टरमा उखुखेती हुने गर्दछ । जसमा ९९ प्रतिशत यही लेउतीटारमा खेती हुने गर्दछ ।–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group