काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका पदाधिकारी बैठकमा ८ मन्त्रालय लिएर सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकपछि उपसभापति पूर्णबहादुर खड्काले ८ मन्त्रालयमा दाबी रहेको बताए ।
गठबन्धन दलमा कांग्रेसलाई ७ मन्त्रालय दिनेबारे छलफल चलेपनि पार्टीले ८ मन्त्रालयमा दाबी गरेको उनले बताए ।
बैठकमा रमेश लेखकले संसदीय गतिविधिको विषयमा ब्रिफ गरेका थिए ।
यस्तै, बैठकमा वैशाख १० मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्