ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्र सिकिस्त बिरामी छ: संसदमा शेखर कोइराला


एबीसी न्यूज
१२ चैत्र २०७९, आइतबार   २ : ४६   बजे

काठमाडौं, १२ चैत।  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरु हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरु निराश रहेको, व्यापारिक शहरहरु उजाड देखिएको भन्दै मुलुक गम्भीर बिरामी भएको बताएका हुन् ।

‘मैले कर तिर्ने बर्ग निराश भएको पाएँ, यहीँ उद्यम गरेर टिक्न खोज्नेहरु हतास मनसिस्थतिमा रहनु हाम्रो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो’, उनले भने, ‘सबैको ब्यापार घटेको छ । ब्यापार घटेपछि उद्योगको उत्पादन घट्नु सामान्य हो । ब्यापारिक शहर उजाड हुँदैछन् । भर्खरै प्राप्त जनगणना अनुसार काम गर्ने उमेरका एक तिहाइ नेपाली केही पनि आर्थिक उपार्जन गर्दैनन् । यो भन्दा भयावह परिस्थिति के हुन सक्ला ?’

संघीयताप्रति वितृष्णा चुलिँदो रहेको भन्दै नेता कोइरालाले यो राजनीतिक असफलताको पहिलो खुट्किलो भएको बताए । उनले अब ढिलो नगरी नागरिकको चाहना अनुसार संसद, सरकार र प्रतिपक्षी दलहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखे । कोरोना महामारी र विश्वमा फरक शैलीमा आएको शीतयुद्ध र हाम्रो अर्थतन्त्रमा गर्नुपर्ने सुधारको कमीका कारण अर्थतन्त्रले गति लिन नसकेको भन्दै उनले अत्यधिक फजुल खर्चले अर्थतन्त्र समस्यामा रहेको पनि बताए । ‘अर्थतन्त्रको मुख्य आधार विप्रेषण मात्र भएको छ ।

यसले हाम्रो अर्थतन्त्र जोगाएको मात्र छैन, श्रीलंका र पाकिस्तानतिर जान पनि रोकिरहेको छ’ उनले भने, ‘विप्रेषणको माध्यमबाट चीरकालसम्म जोगाउन सम्भव छैन ।’ चालु आर्थिक वर्षको चैत ११ गतेसम्म सरकारको खर्च र आम्दानीमा झण्डै २ सय अर्बको खाडल देखिएको भन्दै कोइरालाले पुँजीगत खर्च मात्र नभई चालु खर्चकै लागि ऋण लिनुपर्ने बाध्यता रहेको सुनाए । ‘देशको सबल अर्थतन्त्रका लागि फजुल खर्च घटाउन समयम समयमा बनेका प्रतिवेदन कार्यान्वयन गर्न राजनीतकि सहमति कायम गरेर अघि बढौं’ उनले भने । अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको विश्वास जित्न जरुरी रहेको पनि कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३१ वर्षदेखि पुलको पर्खाइ : महाकालीको तुइनमा ज्यानको बाजी

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu