काठमाडौँ, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो ।
सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भइरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता जारी छ।
प्रधानमन्त्री र सभामुखबीचमा प्रतिनिधिसभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्