ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सवारीसाधनको परीक्षण उपकरणबाट गरिने


एबीसी न्यूज
१३ चैत्र २०७९, सोमबार   २ : ४५   बजे

काठमाडौं, १३ चैत । खरिद गरिएको झण्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको स्वस्थता जाँच गर्न तयारी अघि बढाएको हो । उपकरण मर्मत गरेर तयार भएपनि अहिलेसम्म कार्यविधि नभएकाले सञ्चालन शुरु हुन नसकेको सवारी परीक्षण केन्द्रले जनाएको छ ।

सरकारी कार्यालयमा उपकरण सञ्चालनका लागि कार्यविधि आवश्यक पर्छ । सञ्चालनको मापदण्डबारे यातायात व्यवस्था विभागले छलफल चलाएको छ । उपकरण मर्मतपछि नियमित नचलाए पनि कहिलेकाहीँ सञ्चालन भइरहेको केन्द्रका प्रमुख मणिराम भुषालले बताउनुभयो । कानुन बनाएर बाध्यकारी नभएकाले भने नियमित गर्न नसकिएको हो ।

उहाँले भन्नुभयो, “सवारी ऐनमा जाँच गर्ने भने पनि उपकरणबाट जाँच गर्न अनिवार्य गरिएको छैन ।” उपकरणको प्रयोग गरी जाँच गर्दा कति पुरानो गाडीलाई गर्ने भनी पहिले मापदण्ड बनाइने छ । नयाँ किन्नासाथ वा त्यसको केही वर्षसम्म त्यसको जाँच नगर्दा पनि हुनसक्छ । कस्तो गाडीमा अनिवार्य गर्ने भनी विज्ञले दिएको सुझावका आधारमा गरिनेछ । जाँच गर्ने भनी ऐनमा उल्लेख रहेकाले उपकरणमार्फत गर्ने भनी कार्यविधिमा समेट्न सकिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मापदण्ड आउनासाथ सुरु गर्न हामी तयारी अवस्थामा छौँ ।” केन्द्रमा रहेका हलुका र गहैँ ९हेभी० गरी दुबै सवारीसाधनको जाँच गर्ने उपकरण मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा रहेको छ । विभागबाटै यो यो गाडीमा र यसरी गर्ने भनी यकिन गर्नुपर्ने छ । उहाँले भन्नुभयो, “सरकारले बाध्यकारी गरे मात्रै सेवाग्राहीले गर्न थाल्नुहुन्छ ।”

अहिले सवारीसाधन सञ्चालनका लागि केन्द्रले जाँच गर्दै आएको छ । अहिलेसम्म ‘म्यानुअल’ रुपमा जाँच हुँदै आएकामा त्यसलाई उपकरणका माध्यमबाट जाँच गर्न लागिएको हो । सार्वजनिक सवारीसाधन छ–छ महिनामा जाँच गर्नुपर्छ । अहिले प्राविधिकले हेरेर परीक्षण गरिरहेका छन् । विदेशमा निजी सवारीसधनमा जाँच गर्नुपर्ने व्यवस्था भए पनि नेपालमा अहिलेसम्म अनिवार्य छैन । निजी सवारीसधनमा प्रदूषण जाँच मात्रै अनिवार्य गरिएको छ । केन्द्रमा अहिले प्रदूषण जाँच गर्न मासिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म सवारीसधन आउछन् ।

जाँच पासका लागि मासिक चार पाँच सय सवारीसाधन आइरहेको जनाइएको छ । जाँचपासका लागि आउने सवारीसाधन बढिरहेको छ ।

उपकरणमार्फत जाँच सुरु गर्न सरकारले कानुनमा बाध्यकारी बनाउनुपर्ने र मापदण्ड पनि तोक्नुपर्ने केन्द्रले जनाएको छ । लामो समयसम्म थन्किएका उपकरण मर्मत भएको झण्डै सात महिना भएको छ । उहाँले भन्नुभयो, “यो बीचमा कतै समस्या छ छैन भनेर हेरिएको छ । साझालगायत कतिपय गाडीको जाँच गरिएको छ ।”

सवारीसधनमा यतिसम्म हुँदा पास र यति हुँदा फेल भन्ने तय हुन बाँकी छ । यो गाडीको जाँच गर्दा यति आयो भन्ने थाहा भए पनि त्यति आउँदा पास हुन्छ वा फेल भन्ने थाहा नहुने बताइएको छ । उहाँले भन्नुभयो, “त्यो गाडीको अवस्थाअनुसार कति अङ्क आयो भन्ने प्रिन्टमा देखिन्छ ।”

विभिन्न देशमा ब्रेकको दुई चक्काबीचको फरक १५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ । सवारीसधनका अरु भागमा अरु देशका आ–आफ्नो मान्यता छन् ।

नेपालमा साना गाडी र ठूला गाडीको कति कति हुनुपर्छ भन्ने यकिन गर्न सकिन्छ र सोही आधारमा जाँच्न सकिन्छ । उहाँले भन्नुभयो, “हामीले तोकेको न्युनतमसम्म पुगेमा पास हुने र नभएमा फेल हुने गर्न सकिन्छ ।” उपकरणको मर्मत उत्पादनकर्ता चिनियाँ कम्पनीको सहयोगमा भएको थियो ।

उपकरण पूर्णरुपमा तयारीमा रहेको र सञ्चालनका लागि हेभिगाडीको चालक अनुमतिपत्र भएको चालक आवश्यक रहेको केन्द्रले जनाएको छ । उपकरण नियमित सञ्चालन गर्न दुई चालक आवश्यक पर्छ । उपकरणको क्षमताअनुसार आधा घण्टामा एउटा र दिनमा १५ गाडी मात्रै जाँच्न सकिन्छ । त्यो क्षमताअनुसार धेरै गाडी कसरी गर्न सकिएला भन्नेमा विभागमा अन्यौल छ । अरुतिरको सवारी परीक्षण केन्द्रले पनि जाँचका लागि उपकरण खरिद गर्ने तयारीमा रहेको बताइएको छ ।

उपकरणबाटै सवारीसाधनको स्वस्थता परीक्षणका लागि सरकारले आव २०६६/६७ को बजेटमा गरेको व्यवस्थानुसार विसं २०६८ मा सवारीसाधनको अवस्था परीक्षण गर्ने उपकरण खरिद गरेको थियो । सो उपकरणमा परीक्षणका लागि ठूला र साना सवारी साधनलाई छुट्टाछुट्टै लेन छन् । कुनै सवारीसाधन लेनमा प्रवेश गरेपछि त्यसको कुन–कुन भागको अवस्था कस्तो छ भनी कम्प्युटरमा देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group