ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डबाट सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश


ABC NEWS
१४ चैत्र २०७९, मंगलबार   ८ : २१   बजे

 

काठमाडौं १४ चैत । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् । अब उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । ‘सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो । भोलि त्यसमा छलफल हुन्छ’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले पेश गरेको मस्यौदामा सरकारको प्राथमिकतालाई ९ वटा बुँदामा समेटिएको छ । पहिलो बुँदा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषय छ । जस अन्तर्गत संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने लगायतका विषय समावेश छन् ।

दोस्रो बुँदामा आर्थिक अवस्थालाई ख्याल गरेर ‘आर्थिक प्याकेज’ ल्याउने उल्लेख छ । त्यसपछिको बुँदामा सुशासन, संक्रमणकालीन न्याय, सन्तुलित परराष्ट्र नीति लगायतका विषय समावेश रहेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार पेश गरेको उक्त मस्यौदामा बुधबार छलफल हुनेछ । त्यसपश्चात न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने सत्तारुढ दलहरुको तयारी छ ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताए । उनले मन्त्रालय भागवण्डामा धेरै समस्या नभएको बताए । ‘कुरा नमिल्ने केही छैन, सरकार चाँडै विस्तार हुन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu