ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच फोन वार्ता


एबीसी / संवाददाता
१५ चैत्र २०७९, बुधबार   १० : ०२   बजे

बेइजिङ, १५ चैत । चीनका राष्ट्रपति सी चिनफिङले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तामा मध्यपूर्वमा तनाव कम भएकामा त्यसको प्रशंसा गरेका छन् ।

चीनको सक्रियतामा हालै इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्ने सम्झौता भएको थियो । सात वर्षसम्म जारी रहेको तेहरान र रियादबीचको वैमनस्यातापूर्ण सम्बन्धलाई पुनः स्थापना गर्न चिनियाँ पक्षबाट भएको सफल प्रयासको संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले बेइजिङको सराहना गरेका थिए ।

यमन युद्धलाई लिएर इरान र साउदीबीच मनोमालिन्य थियो । लामो समयदेखिका कटु प्रतिद्वन्द्वी इरान र साउदी यमन युद्धलाई लिएर ‘प्रोक्सी’ द्वन्द्वको शृङ्खलामा थिए ।

साउदी राजकुमारसँगको वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले रियाद–तेहरान कूटनीतिक सम्बन्ध पुनः स्थापना भएसँगै पारस्परिक सहायता प्रवर्द्धका साथै क्षेत्रीय एकता र सहयोग सुदृढीकरणमा सशक्त भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

राजकुमार मोहम्मदले दुई पक्षबीच छिमेकीसँग सुसम्बन्ध विकास गर्ने प्रयासलाई समर्थन गर्ने चिनियाँ पहलको लागि साउदी अरबका तर्फबाट चिनियाँ पक्षको प्रशंसा गरे ।

साउदी अरब र इरानले अब एक अर्काको राजधानीमा दूतावास पुनः खोल्ने तयारी गरिरहेका छन् । पवित्र महिना रमजानको अन्त्य हुनु अघि दवै देशका शीर्ष कूटनीतिज्ञहरूबीच बैठक हुने साउदी सरकार नियन्त्रित सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी अरबका साथै इरानले पनि द्विपक्षीय सम्बन्ध पुनः स्थापनामा जनवादी गणतन्त्र चीनको नेतृत्व र सरकारले निर्वाह गरेको भूमिकाप्रति कृतज्ञता व्यक्त गरेको छ ।

आफ्नो एक दशकको सत्ता यात्रामा राष्ट्रपति सीको सक्रिय भूमिकाका कारण इरान र साउदी एकै स्थानमा जुट्न भएको सम्झौतालाई कूटनीतिक विश्लेषकहरूले विश्व मामिलामा सीको लागि ठुलो सफलता भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

‘स्पेन खुला छ’ भन्ने ‘फेक’ सूचनाले युरोपमा राजनीतिक आँधी !

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

स्पेन पुगेका हजारौँ आप्रवासी मोरक्को फर्किए, के हो सिउटा संकटको कारण ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu