काठमाडौँ, १६ चैत । नेकपा (एकीकृत समाजवादी)ले उपाध्यक्ष वेदुराम भुसाल र प्रमुख सचेतक प्रकाश ज्वालालाई मन्त्री बनाउने भएको छ ।
उपाध्यक्ष भुसालको नेतृत्वमा ज्वालालाई सरकारमा सहभागी गराइने भएको हो । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले भुसाल र ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको हो । कसको जिम्मेवारीमा कुन मन्त्रालय दिने भन्ने यकिन भने भइसकेको छैन ।
पार्टीले ज्वाला र आफूलाई सरकारमा पठाउने निर्णय गरेको उपाध्यक्ष भुसालले जानकारी दिए । तीन मन्त्रालय आफ्नो दलले पाउनुपर्ने दाबी गर्दै आएकोमा एकीकृत समाजवादीले अन्ततः २ वटा मन्त्रालय पाउने सहमति बनेको हो ।
प्रतिक्रिया दिनुहोस्