ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?


एबीसी / संवाददाता
१६ चैत्र २०७९, बिहिबार   ६ : ४६   बजे

काठमाडौँ, १६ चैत । मन्त्रिपरिषद् विस्तारका लागि सत्तारूढ गठबन्धनमा आबद्ध दलहरू मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएपछि दलहरूले मन्त्रीको सूची बनाउन लागेका छन् ।

मन्त्रीको रस्साकस्सी सबैभन्दा बढी नेपाली कांग्रेसमा छ । कांग्रेसले ८ मन्त्रालय पाउने समझदारी गठबन्धन दलभित्र छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा छ । मन्त्रीको सूची र मन्त्रालयको जिम्मेवारी भने अझै पनि मिलिसकेको छैन ।

कांग्रेस स्रोतका अनुसार खड्काको संयोजकत्वमा अर्का उपसभापति धनराज गुरूङ पनि मन्त्रिपरिषद्मा सहभागी हुने छन् । एनपी साउद, सीता गुरूङ, डिगबहादु लिम्बू, प्रकाशशरण महत, रमेश रिजाल र किशोरसिंह राठोरको नाम पनि मन्त्रीमा टुंगो लागेको कांग्रेस स्रोतको दाबी छ ।

सीता प्रत्यक्षमा निर्वाचित कांग्रेसको एकमात्र महिला सांसद हुन् । कांग्रेसबाट दीपक खड्काले पनि मन्त्रीमा दाबी भने यथावत राखेको निकट स्रोतले बतायो ।

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको साताभन्दा लामो समय भए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सत्ता गठबन्धनबीच बुधबार मात्र मन्त्रालय भागबन्डामा सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu