काठमाडौँ, १६ चैत । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पारेका छन् । बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अध्यक्ष राउतले आफ्नो पार्टीले शिवचन्द्रप्रसाद कुशवाहलाई उम्मेदवार बनाउने बताए । उनले मधेस प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमति सत्तारूढ गठबन्धनमा भएको उल्लेख गर्दै त्यसलाई बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनसँग जोडेर नहेर्न पनि पटक–पटक आग्रह गरे ।
राउतले वैकल्पिक नयाँ राजनीतिक दलहरूलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा–२ बाट कुशवाहलाई जिताउन पनि आग्रह गरे । ठुला पार्टीहरू पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरूले पनि मिलेर सो चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्