काठमाडौँ, १७ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध दिवस’लाई हिंसा दिवसको संज्ञा दिएका छन् ।
उनले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई उत्सवका रूपमा सार्वजनिक बिदा दिन नहुने बताए । “जनयुद्ध दिवसलाई वार्षिक क्यालेन्डरमा बिदाका रूपमा राखिएको छ, त्यो हटाइन्छ,” उनले भने ।
फरक प्रसंगमा अध्यक्ष ओलीले मिटरब्याजीहरूलाई कारबाही गरिनुपर्ने बताए । “हामीले मिटरब्याज पीडितहरूको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ । सरकारले ध्यान दिएर मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्छ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्