ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ पर्नसक्ने


एबीसी न्यूज
१७ चैत्र २०७९, शुक्रबार   ९ : ५५   बजे

काठमाडौं, १७ चैत्र । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आगामी दिनमा पक्राउ पर्न सक्नेछन्। पोर्न स्टार मामिलामा ट्रम्पविरुद्ध मुद्दा चल्न सक्नेछ।

यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पोर्न स्टार स्टर्मी डेनियललाई भुक्तानी सम्बन्धमा चल्नेछ।

यस मामिलामा ट्रम्पले कस्तो आरोपको सामना गर्नुपर्नेछ भन्नेबारेमा हाल जानकारी दिइएको छैन। तर ७६ वर्षीय ट्रम्पले आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरिरहेका छन्। ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन्, जसविरुद्ध फौजदारी मुद्दा चलाइनेछ।

ट्रम्प फ्लोरिडामा बस्छन् र उनी पहिलो सुनुवाइका लागि अदालतमा उपस्थित हुनसक्ने विश्वास गरिएको छ। ट्रम्पको रक्षा टोलीका अनुसार पूर्व अमेरिकी राष्ट्रपतिले अर्को साता आत्मसमर्पण गर्न सक्नेछन्।

अदालतमा ट्रम्पको सुरक्षा गर्ने जिम्मेवारी अमेरिकी गुप्तचर निकायले पाएको छ।

घटना के हो ? 

२०१८ जनवरीमा अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले एउटा लेख प्रकाशन गर्‍यो। जसमा राष्ट्रपति ट्रम्पका तत्कालीन सल्लाहकार माइकल कोहेनले अमेरिकी राष्ट्रपति चुनावको एक महिनाअघि अक्टोबर २०१६ मा पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर तिरेको दाबी गरिएको थियो।

जर्नलका अनुसार यो पैसा उनले ट्रम्पसँगको अफेयरबारे सार्वजनिक नगर्ने सर्तमा दिइएको थियो।

कानुनी रूपमा यो भुक्तानी अवैध थिएन। तर ट्रम्पले कोहेनलाई भुक्तानी गर्दा यसलाई कानुनी शुल्कका रूपमा रेकर्ड गरे। न्युयोर्क प्रशासनका वकिलहरूका अनुसार यो ट्रम्पले आफ्ना कागजात हेरफेर गरेको घटना हो, जुन न्युयोर्कमा अपराध मानिन्छ।

न्युयोर्क प्रशासनका वकिलहरूका अनुसार यो ट्रम्पले आफ्ना कागजात हेरफेर गरेको घटना हो, जुन न्युयोर्कमा अपराध मानिन्छ। सरकारी वकिलले पनि यस मामिलामा ट्रम्पविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको अभियोग सक्छन्। किनभने ट्रम्पले स्टर्मी डेनियललाई गरेको भुक्तानी लुकाउने प्रयास गरेका थिए ताकि आफ्नो र डेनियलबीचको सम्बन्ध मतदाताहरूले थाहा नपाउन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group