ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले चाहे गठबन्धन तोड्न केही गाह्रो छैन, देश मध्यावधि चुनावमा जानसक्छ : उपाध्यक्ष विष्णु पौडेल


ABC NEWS
१७ चैत्र २०७९, शुक्रबार   ११ : ४५   बजे

 

धनगढी १७ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुक अस्थिर राजनीतिको चक्रव्युहमा फसिरहेको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभाका सुरुवाती लक्षण हेर्दा संसद पाँच वर्ष चल्नेमा शंका रहेको पनि बताए ।

आज कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा पौडेलले संसद पाँच वर्ष नचलेर मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताए ।

उनले अहिलेको गठबन्धन भत्काउने, तोड्ने जस्ता खेलमा नलागेको जनाए । तर एमालेले चाहेमा गठबन्धन तोड्न धेरै समय नलाग्ने उनले बताए । उनले भने, ‘अहिले म तिथिमितितिर जान्नँ । मैले यति भनेँ की हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने काममा लागेका छैनौं, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो । यदि एमालेले त्यो आवश्यक्ता महसुस गर्यो भने केही हप्ताको काम हुन्छ ।’

पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’ले एमालेलाई बलियो बनाइरहेको भन्दै पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने जिकिर समेत गरे । प्रतिनिधिसभामा एमाले सशक्त प्रतिपक्षको भूमिकामा उभिने पनि उनले बताए ।
यसैवीच उपाध्यक्ष पौडेलले पौडेलले नेता भीम रावलले एकपछि अर्को गर्दै पार्टीको हित विपरीत काम गरेको आरोप लगाएका छन् । नेता रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको भन्दै पौडेलले, रावलले आत्मालोचना गरेर असल नेताको रुपमा अघि बढ्नुपर्ने बताए ।

शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लङ्घन गर्ने काम गरिरहेकाले गल्ती स्वीकार्दै आत्मालोचना नगरे पार्टीले ‘उचित निर्णय’ लिने बताए

‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्,’ पौडेलले भने, ‘उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् । नीति, विधिलाई पालना गर्नुस् । उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group