काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।यस अघि जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति वा कृषि मन्त्रालयको दावी गरेको थियो । मन्त्रीपरिषद् पुनर्गठन गर्दा जनमतका मन्त्री खानलाई यथावत राखेर उद्योग वाणिज्य नेका र कृषि एकीकृत समाजवादीका मन्त्रीलाई जिम्मेवारी दिएपछि अव्दुल खानले राजीनामा दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्