ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तनहुँको समग्र विकासका लागि भट्टराईलाई निर्वाचन जिताउनुपर्छ : कांग्रेस नेता


एबीसी / संवाददाता
१८ चैत्र २०७९, शनिबार   ६ : १७   बजे

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका नेताहरूले तनहुँको समग्र विकासका लागि वैशाख १० मा हुने तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन जरुरी रहेको बताएका छन् ।

कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले यहाँ आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक कार्यक्रम’ मा उनीहरूले तनहुँलाई कांग्रेसको किल्लाका रुपमा स्थापित गराउन उपनिर्वाचनमा पार्टीका उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताएका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँमा कांग्रेसका उम्मेदवार भट्टराईलाई चुनाव जिताउन आफूले नेतृत्व लिने बताए । “तनहुँको समग्र विकासका लागि कांग्रेसको जित आवश्यक छ”, उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य एवं उपनिर्वाचनका उम्मेदवार गोविन्द भट्टराईले पार्टीले अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको बताए। उनले आफूले विगतमा गरेका कामका आधारमा तनहुँका जनताले आफूलाई जिताउने विश्वास व्यक्त गरे ।

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले तनहुँको विकासका लागि आफू लाग्ने विश्वास व्यक्त गरे । कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिका सभापति उत्तम मिश्र, नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल, कांग्रेस तनहुँका नेता समुन्द्र गोदारलगायतले तनहुँको विकासको खाका कोरेर निर्वाचनमा होमिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group