ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षा परिषद्को अध्यक्ष रसिया बनेपछि युक्रेनको प्रतिक्रिया– संसारको सबैभन्दा खराब ‘अप्रिल फूल जोक’


एबीसी / संवाददाता
१९ चैत्र २०७९, आइतबार   ८ : १३   बजे

एजेन्सी, १९ चैत । संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली मानिएको सुरक्षा परिषद्को नेतृत्व अब रसियाले गर्ने भएको छ । विश्वमा शान्ति र सुरक्षा स्थापना गर्नु मुख्य दायित्व बोकेको यो परिषद्को अध्यक्षता गर्ने पालो यो महिना रसियाले पाएको हो ।

अप्रिल १ तारिसमा रसियाले अध्यक्षता ग्रहण गरेको हो । तर, युक्रेनसँग युद्धमा रहेको रसियाले सुरक्षा परिषद्कै नेतृत्व गर्ने भएपछि युक्रेनले त्यसलाई संसारको सबैभन्दा खराब ‘अप्रिल फूल जोक’ भनेको छ ।

युक्रेनका विदेशमन्त्री डिमिट्री कुलेबाले रसियाको अध्यक्षता पाउने विषयलाई ‘अप्रिल फूल जोक’ संज्ञा दिएका हुन् । उनले भने, अन्तर्राष्ट्रिय सुरक्षाको नियमहरू उल्लंघन गर्ने राष्ट्र नै त्यो निकायको अध्यक्ष बनेको छ जसको मुख्य उद्देश्य नै विश्वमा शान्ति सुरक्षा स्थापना गर्नु हो ।”

सुरक्षा परिषद्को अध्यक्षता देशको नामको सुरूको अक्षरको आधारमा १५ सदस्यले राष्ट्रले पालैपालो गर्ने गर्छन् । यो परिषद्को नियन्त्रण भने पाँच जना स्थायी सदस्य राष्ट्रहरूकोमा छ । जसमा रसिया र अमेरिका समेत छन् ।

सुरक्षा परिषद्को अध्यक्ष तटस्थ बस्नुपर्ने मान्यता छ । तर, अब भने रसियाले यो पदको गलत फाइदा उठाउँदै युक्रेनको समर्थनमा आउने प्रस्तावहरू अघि नबढाउन सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनविरूद्ध युद्ध अपराधमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ । यस्तो अवस्थामा परिषद्को नेतृत्वमाथि नै प्रश्न उठेको विश्लेषकहरू बताउँछन् ।

रसियाको समर्थकहरूले भने सन् २००३ मा परिषद्को अनुमति बिना नै अमेरिकाले इराकमाथि आक्रमण गरेको भन्दै बचाउ गरिरहेका छन् । अमेरिका परिषद्को स्थायी सदस्य हो ।

युक्रेनमाथि आक्रमण पश्चात रसियालाई सुरक्षा परिषद्को स्थायी सदस्यबाट हटाउनुपर्ने माग उठेको थियो । तर, युएन चार्टरले सजिलै स्थायी सदस्यलाई हटाउने परिकल्पना गरेको छैन । भिटोको प्रयोग गरेर रसियाले अन्य राष्ट्रको प्रस्ताव सजिलै अस्वीकार गर्न सक्छ । अझ परिषद्को स्थायी सदस्यमा चीनसमेत छ । रसियाको समर्थनमा चीन रहेकाले यस्तो दृष्य परिकल्पना बाहिर रहेको कूटनीतिज्ञ बताउँछन् ।

रसिया र युक्रेनबीच युद्ध सुरू भएको ४०० दिनभन्दा बढी भइसकेको छ । तर, युद्ध अन्त्यको पहल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu