ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिटरब्याज लगाउने गिरोहलाई सरकारले निमिट्यान्न पार्छ – गृहमन्त्री श्रेष्ठ


ABC NEWS
१९ चैत्र २०७९, आइतबार   २ : २९   बजे

 

काठमाडौं १९ चैत । उपप्रधान तथा गृहनमन्त्री नारायणकाजी श्रेष्ठले सामन्तवादलाई मूलभूतरुपमा अन्त्य गरे पनि अझै केही अवशेष अझै बाँकी रहेको बताएका छन्।

‘त्यो अवशेषका रुपमा मिटरब्याजीको समस्या रहेको छ। हामी यसलाई निमिट्यान्न बनाउन लागेका छौँ’, उनले भने, ‘पहिले कार्यदल बनेको थियो। अहिले आयोग बनेको छ। सांसदहरुले लम्ब्याउने काम नहोस् भनेर सचेत गराउनु भएको छ। मिटरब्याजीको समस्या अब समाधान हुन्छ।’

उनले पहिले बनेको कार्यदलका सीमा रहेको बताउँदै अहिले बनेको आयोग पूर्णअधिकारसहित रहेको पनि उनले टिप्पणी गरे।

‘सरकारले अब कानुन पनि बनाउँदैछ। फिल्डमै गएर हरेक पीडितको उजुरी लिएर कारबाही गर्छ, ठाउँको ठाउँ कारबाही गर्छु, उनले भने, ‘मिटरब्याज सामन्तवादको अवशेष हो, हामी निमिट्यान्न बनाउँछौँ।’

उनले हरेक जिल्लामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, मालपोत, नापी कार्याल र मिटरब्याजीपीडितसहिको समन्वय समिति बन्ने पनि बताए।

‘मैलै आफैं मिटरब्याजीपीडितको आन्दोलनको नेतृत्व गरेको थिएँ’, उनले भने, ‘सर्लाहीमा भएको मिटरब्याजीपीडितको आन्दोलनले केहीले कारबाही पनि भोगे, केहीले जेल पनि भोगेका छन्। यो पटक हामी यो समस्यालाई अन्त्य गर्छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group