अछाम, १६ माघ । प्रदेशसभा सदस्य मिना साँउदले महिलाको विकासका लागि आफू जहिले पनि लागि पर्ने बताउनुभएको छ । आफू महिलाहरुका समस्या प्रदेशसभामा समाबेश गर्ने पनि बताउनु भएको छ ।
साँउदले समाजमा व्याप्त कुरीती कुसस्कारको अन्त्य गर्न आफु लडिरहेकोे र आर्थिक परनिर्भर र राजनीतीक रुपले पछाडी परेका ग्रामिण स्तरका महिलाका लागि आफु सधैँ लागि पर्नेमा जोड दिनुभयो ।
उहाँले अछामका महिलाहरुका समस्या प्रदेशसभामा समावेश गर्ने बताउनुभएको छ । साँउदले छाउपडी जस्तो कुरीती कुसंस्कारका कारण छाउपडी गोठमा बस्न बाध्य भएको र यस्को अन्त्यका लागि आफु प्रदेशसभामा जोठदार माग उठाउने बताउनुभयो ।
छाउपडी कुप्रथाका कारण महिलाहरुले छाउपडी गोठमा ज्यान गुमाउनु परेकोले आफूलाई अत्यन्तै दुख लागेको र योे कुकार्यलाई हटाउन स्थानीय सरकार, प्रदेश सरकार लगाएत सबै तहले यसको अन्त्य गर्न तिर लाग्नु पर्नेमा जोड दिनुभयो ।
आफूमाथि हुने कुनै पनि अन्याय सहेर नबस्न आग्रहनेकपा एमाले प्रदेश नम्बर सात प्रदेश संगठन कमिटी सदस्य समेत रहनु भएका साँउदले महिलाहरुलाई आफूमाथि हुने कुनै पनि अन्याय सहेर नबस्न आग्रह गर्नु भएको छ ।
उहाँले राजनीतीमा आउन एकदमै चुनौती रहेको र यसको समाधानका लागि घर देखि पार्टी भित्र पनि संर्घष गर्न आवस्यक रहेको बताउनु भएको छ । आफ्नो पार्टीले महिलाको उच्च मुल्यांकन गर्दै महिलाको सहभागिता गराउने निर्णय अनुसार आफु लगाएतका महिलाहरुलाई प्रदेशसभा सदस्यमा अगाडी सारेको बताउनुभयो ।
उहाँले आफुले गरेको योगदानले पनि आफूलाई प्रदेशसभामा जान सजिलो भएको बताउनुभयो । साउँदले आफ्नो पार्टीले अहिले जस्तै आगामी दिनमा पनि विभिन्न क्षेत्रमा महिलाको उच्च सहभागिता गराउनेमा ढुक्क रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्