ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सी र फ्रान्सका राष्ट्रपति म्याक्रोँबीच बेइजिङमा भेटवार्ता


एबीसी / संवाददाता
२४ चैत्र २०७९, शुक्रबार   ९ : १८   बजे

बेइजिङ, २४ चैत । चीनका राष्ट्रपति सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच बिहीबार बेइजिङमा भेटवार्ता भएको छ । विगत केही वर्षदेखि चीन र फ्रान्सले द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको गति कायम राख्न मिलेर काम गरेको म्याक्रोँले बताए ।

राष्ट्रपति म्याक्रोँको तीन वर्षभन्दा लामो समयपछि भएको चीनको राजकीय भ्रमणको स्वागत गर्दै राष्ट्रपति सीले बदलिँदो र अस्थिर अन्तर्राष्ट्रिय परिदृश्यका बावजुद भएको भेटले रूस–युक्रेन युद्ध अन्त्यका लागि वातावरण बनाउने विश्वास विश्व समुदायले लिएको छ ।

दुवै पक्षले हाइब्रिड ढाँचामा उच्च आवृत्ति र उच्च गुणस्तरको रणनीतिक सञ्चार कायम गरेको, कोभिड–१९ विरुद्धको लडाइँमा एकअर्कालाई सहयोग गरेको, द्विपक्षीय व्यापारमा बलियो वृद्धि भएको र एयरोस्पेस, उड्डयन, कृषि, खाद्य र अन्य क्षेत्रमा सहयोगका महत्वपूर्ण परिणाम देखेको उनले बताए ।

जलवायु परिवर्तन, जैविक विविधता र अफ्रिकाको विकासजस्ता विषयमा दुई देशबीच घनिष्ठ संवाद र समन्वय पनि भएको सीले बताए ।

अहिले विश्व गम्भीर ऐतिहासिक परिवर्तनबाट गुज्रिरहेको उल्लेख गर्दै सीले चीन र फ्रान्स संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य तथा स्वतन्त्रताको परम्परा बोकेका प्रमुख देश भएको उल्लेख गरे।

“चीन र फ्रान्स बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रका पक्षधर हुन् । मतभेद र अवरोधबाट माथि उठ्ने, स्थिर, पारस्परिक लाभप्रद, उद्यमशील र गतिशील व्यापक रणनीतिक साझेदारीको समग्र दिशामा अघि बढ्ने र विश्व शान्ति, स्थिरता र समृद्धिका लागि साँचो बहुपक्षीयताको अभ्यास गर्ने क्षमता र जिम्मेवारी उनीहरूसँग छ ।

राष्ट्रपति म्याक्रोंको चीन भ्रमण विश्वसँग चीनको पूर्ण रूपमा खुला आर्थिक सम्बन्ध सुरु भएपछि र सीको ‘दुई कार्यकाल’ को सफल समापनपछि भएको हो ।

चिनियाँ राष्ट्रपति सीले यो भ्रमणले चीन–युरोप सम्बन्धमा नयाँ गति प्रदान गर्ने र नयाँ ऊर्जा ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu