ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वलिउड चलचित्र ‘पद्मावत’ मलेसियामा पनि प्रतिबन्ध


एबीसी न्यूज
१७ माघ २०७४, बुधबार   ३ : १९   बजे

माघ, १७ –लामो समयको विवादपछि प्रदर्शनमा आएको वलिउड चलचित्र ‘पद्मावत’ ले भारत बाहेकका देशमा पनि प्रतिबन्धको सामना गर्नुपरेको छ । मलेसियामा पनि यो चलचित्र प्रदर्शन गर्न रोक लगाइएको हो ।

चलचित्रका दृश्यलाई लिएर मलेसियामा रहेका मुसलमानहरुले आपत्ति जनाउन सक्ने र विरोध गर्नसक्ने संभावना भएका कारण मलेसियन सेन्सर बोर्डले चलचित्र प्रदर्शनको अनुमति दिएको छैन ।

मलेसियाको राष्ट्रिय चलचित्र सेन्सरसिप बोर्ड (एलपीएफ)का अनुसार यस चलचित्रको विषय मलेसियन नागरिकका लागि चिन्ताको विषय बन्न     सक्नेछ ।  मलेसियामा अधिकांश मुस्लिम धर्मावलम्बीहरु बसोवास    गर्छन् ।

सुफी कवि मलिक मोहम्मद जायसीद्वारा १५४० मा रचित महाकाव्य पद्मावत मा आधारित चलचित्र ‘पद्मावत’ मा रानी पद्मावतीको सुन्दरताको बयान गरिएको छ । रानीको सुन्दरतामा मुगल शासक अलाउद्दिन खिलजी पागल भएर निकै हिंस्रक र क्रुर भएको कुरालाई चलचित्रमा चित्रण गरिएको छ ।

चलचित्रमा रणवीर सिंह, दिपीका पादुकोण, साहिद कपुरलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र २५ जनवरीदेखि प्रदर्शन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu