ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जितु नेपालको ‘कार्की साइँला’को टिजर सार्वजनिक, सात दिनभित्र विवाह गर्ने अठोट


ABC NEWS
१ भदौ २०८३, सोमबार   २ : १५   बजे

काठमाडौं । आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र **‘कार्की साइँला’**को टिजर सार्वजनिक गरिएको छ।

निर्माण पक्षले नागपञ्चमीको अवसर पारेर सोमबार भदौ १ गते मुभिज डिजिटेनमेन्ट युट्युब च्यानलमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो।

टिजरमा चलचित्रका मुख्य पात्र कार्की साइँलाको जीवन संघर्ष, सामाजिक हेपाइ र गाउँले परिवेशलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। जितु नेपालले कार्की साइँलाको भूमिका निर्वाह गरेका छन्।

सात दिनभित्र विवाह गर्ने अठोट

भारी बोकेर जीविकोपार्जन गर्दै आएका कार्की साइँलालाई अविवाहित रहेको भन्दै साथीभाइले जिस्क्याएपछि उनको जीवनमा नयाँ मोड आउँछ।

साथीहरूको जिस्क्याइपछि उनले सात दिनभित्रै विवाह गरेर देखाउने अठोट लिन्छन्। यही अठोट र त्यसपछि उत्पन्न हुने घटनाक्रम चलचित्रको मुख्य कथावस्तुका रूपमा टिजरमा देखाइएको छ।

टिजरमा जितु नेपालसँगै प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाहा, मान्शी शर्मालगायत कलाकारलाई देख्न सकिन्छ।

राजेन्द्र बस्नेतको निर्देशन

राजेन्द्र बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘कार्की साइँला’को कथा डम्बर राईले लेखेका हुन्।

चलचित्रको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका छन्। बालकुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अनन्त राई हुन्।

ग्रामीण परिवेश, सामाजिक सम्बन्ध र हास्यरसलाई कथाको आधार बनाइएको चलचित्रले गाउँघरको सामाजिक व्यवहार र एउटा सामान्य पात्रको जीवन संघर्षलाई पर्दामा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

‘लग्यौ परान’लाई दर्शकको राम्रो प्रतिक्रिया

चलचित्रमा दिप्सन लिम्बू र संकेत अगस्थीको संगीत रहेको छ।

यसअघि सार्वजनिक गरिएको चलचित्रको गीत **‘लग्यौ परान’**ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

‘कार्की साइँला’ आगामी असोज २ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ। टिजर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासोसमेत बढ्ने अपेक्षा निर्माण पक्षले गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालतको आदेशकै बीच वीरगन्जमा नेपाल टेलिकमको भवन भत्काइयो

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

सम्बन्धित

बक्सअफिसमा ‘गौँथली’को दबदबा, २३ करोड ५५ लाख कमाइ

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

वरिष्ठ संगीतकार सुरेश सेन्चुरी अस्ट्रेलियामा सम्मानित

बद्री र हेमन्ताको ‘पति परमेश्वर’ सार्वजनिक

‘तिनीहरू: इलिफेन्ट इन द फग’ टोलीले काठमाडौंमा विशेष प्रस्तुति दिए

इन्फा अवार्डमा नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता, मिरुना उत्कृष्ट अभिनेत्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu