ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बद्री र हेमन्ताको ‘पति परमेश्वर’ सार्वजनिक


ABC NEWS
१ भदौ २०८३, सोमबार   ११ : ४५   बजे

काठमाडौं । नेपाली मौलिक तीज गीत ‘पति परमेश्वर’ सार्वजनिक भएको छ। बद्री पङ्गेनी र हेमन्ता भट्टराईको स्वर रहेको गीतमा अविशेक खड्का, गीता ढुङ्गाना, पुष्कर अवस्थी र करुणा पाण्डेको अभिनय छ।

विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियो साउन ३१ गते आइतबार दिउँसो ४ बजे पुष्कर अवस्थीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

निर्माण पक्षका अनुसार पछिल्लो समय तीजको मौलिकता र पर्वको मर्मभन्दा तडकभडकलाई प्राथमिकता दिने गीतहरू सार्वजनिक भइरहेका बेला ‘पति परमेश्वर’ले तीजको धार्मिक तथा पारिवारिक भावलाई प्रस्तुत गरेको छ।

गीतमा पार्वतीले भगवान् शिवको दीर्घायु, सुख र शान्तिको कामना गर्दै व्रत बसेको धार्मिक प्रसङ्गलाई आधार बनाइएको छ। श्रीमान्–श्रीमतीबीचको प्रेम, आपसी समझदारी र समर्पणले परिवारमा सुख, शान्ति र खुसी ल्याउने सन्देश गीतमार्फत दिन खोजिएको निर्माण पक्षले जनाएको छ।

गीतका शब्द तथा सङ्गीत हेमन्ता भट्टराईको रहेको छ भने एरेन्ज विनोद बाजुरेलीले गरेका छन्। गीतको रेकर्डिङ काठमाडौंस्थित मालाश्री रेकर्डिङ स्टुडियोमा गरिएको हो।

भक्तपुरको गुन्डु मन्दिरमा छायाङ्कन गरिएको भिडियोमा अविशेक खड्का, गीता ढुङ्गाना, पुष्कर अवस्थी र करुणा पाण्डेको अभिनय रहेको छ।

हरेक वर्ष तीजका अवसरमा मौलिक गीत प्रस्तुत गर्दै आएको बताउँदै गायिका हेमन्ता भट्टराईले यस वर्ष पनि दर्शक तथा श्रोताका लागि मौलिक तीज गीत ल्याएको बताइन्। उनले गीतलाई दर्शक तथा श्रोताबाट विगतमा जस्तै माया र साथ पाउने विश्वास व्यक्त गरिन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनी सरकारबाट जसपाले फिर्ता लियो समर्थन, मुख्यमन्त्री आचार्यलाई विश्वासको मतमा चुनौती

संघीय संसद्का दुवै सदनको बैठक आज, चार विधेयक प्रतिनिधिसभामा पेस हुँदै

सम्बन्धित

वरिष्ठ संगीतकार सुरेश सेन्चुरी अस्ट्रेलियामा सम्मानित

‘तिनीहरू: इलिफेन्ट इन द फग’ टोलीले काठमाडौंमा विशेष प्रस्तुति दिए

इन्फा अवार्डमा नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता, मिरुना उत्कृष्ट अभिनेत्री

‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

‘मास्टर्नी’ हेर्ने दर्शकलाई इलेक्ट्रिक स्कुटर जित्ने अवसर

‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, प्रेम र विवाहबीचको द्वन्द्वमा केन्द्रित कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu