काठमाडौं । टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् ।
शनिबार सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता घोषित भएकी हुन् । उपाधिसँगै उनले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् ।
पहिलोपटक कोच बनेका वाङ्देन शेर्पाले सुवासनाको जितलाई विशेष क्षणका रूपमा व्याख्या गरे । ‘मेरो लागि यो एकदमै विशेष क्षण हो । सुवासनाको प्रतिभा देखेर मलाई खुसी लाग्यो,’ उनले भने ।
फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोका, टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन तथा टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल फिनालेमा पुगेका थिए ।
‘भ्वाइस अफ नेपाल’को नयाँ सिजन आउने
ग्रान्ड फिनालेमा ‘भ्वाइस अफ नेपाल’को आठौँ सिजन पनि चाँडै सुरु हुने जानकारी दिइएको छ । दर्शकले नयाँ सिजनको प्रतीक्षा गरिरहेको आयोजकले जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्