ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मास्टर्नी’ हेर्ने दर्शकलाई इलेक्ट्रिक स्कुटर जित्ने अवसर


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : ०५   बजे

काठमाडौं । भदौ ५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मास्टर्नी’ले दर्शकका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । निर्माण टिमले खल्ती एपमार्फत टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई बीगाउस इलेक्ट्रिक स्कुटर प्रदान गर्ने घोषणा गरेको हो ।

भदौ ३ देखि ९ गतेसम्म खल्ती एपमार्फत टिकट खरिद गर्ने दर्शकमध्ये एक जनालाई स्कुटर प्रदान गरिनेछ । निर्माण टिमले ‘टिकट किन्नुहोस्, फिल्म हेर्नुहोस् अनि स्कुटर जित्ने अवसर नछुटाउनुहोस्!’ भन्ने नारासहित योजना ल्याएको हो ।

चलचित्रको ट्रेलर, टिजर तथा ‘गुराँस फुल्दा’ गीत सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले ‘मास्टर्नी’लाई एडल्ट सर्टिफिकेट दिएको छ । त्यसअनुसार १६ वर्षभन्दा माथिका दर्शकले मात्र चलचित्र हेर्न पाउनेछन् ।

आयंका फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्र क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा विधामा आधारित छ । चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारको अभिनय छ ।

सुवेन्दु घोषले निर्देशन गरेको चलचित्र प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् । सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता छन् ।

कथा, पटकथा र संगीत

चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन् । कथा र पटकथाकारको सहकार्य संवाद लेखनमा समेत रहेको छ ।

युवराज इन्दोरियाले छायाङ्कन गरेको चलचित्रलाई राजा सिंह सिदुले सम्पादन गरेका छन् । रोहित शाक्यको संगीत र त्रिशाला गुरुङको स्वरमा तयार गीत चलचित्रमा समावेश गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन तयारीको जिम्मा शशांक कोइरालालाई

कांग्रेस इतरसमूहको भेलाको समापनमा शेखर कोइराला अनुपस्थित

सम्बन्धित

इन्फा अवार्डमा नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता, मिरुना उत्कृष्ट अभिनेत्री

‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, प्रेम र विवाहबीचको द्वन्द्वमा केन्द्रित कथा

काठमाडौंका ‘जीवित ख्याः’ सम्झिँदै महेश रानाको रहस्यमय कथा

लोकभाकाका गायक प्रकाश दुतराज अब ‘लोक ब्याण्ड’ लिएर देश दौडने

महिला केन्द्रित कथा चम्किँदा बदलिँदै नेपाली सिनेमाको ‘हिरो’ परिभाषा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu