काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५औँ महाधिवेशनको तयारीको जिम्मेवारी पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिएको छ ।
Originally published on abcnews.com.np.
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५औँ महाधिवेशनको तयारीको जिम्मेवारी पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिएको छ ।
आइतबार तेस्रो दिन सम्पन्न भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वकै कार्यसमितिले १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।
भेलाले यसअघि गठन गरिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता नदिने निर्णयसमेत गरेको छ । देउवा नेतृत्वको कार्यसमितिलाई नै निरन्तरता दिँदै महाधिवेशनको तयारी अघि बढाउने निर्णय भेलाले गरेको आयोजक समितिले जनाएको छ ।
भेलाले आगामी महाधिवेशनका लागि आवश्यक तयारी र संरचना निर्माणको जिम्मेवारी डा. शशांक कोइरालालाई दिएको छ ।
देउवा नेतृत्वको कार्यसमितिले महाधिवेशन सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउने र त्यसका लागि आवश्यक सांगठनिक संरचना तयार गर्ने निर्णय भेलाले गरेको आयोजक समितिको भनाइ छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्