ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार, गठबन्धन सरकारको तयारी


ABC NEWS
११ बैशाख २०८०, सोमबार   ४ : ११   बजे

 

बुटवल ११ बैशाख । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्‍वासको मत प्राप्त गर्न नसकेपछि एमाले सकारको नेतृत्वबाट बाहरिएको हो । नयाँ सत्ता गठबन्धन निर्माण भएपछि यसअघि गण्डकी र सुदूरपश्चिममा पनि विश्वासको मत प्राप्त गर्न नसकेपछि एमालेको सरकार ढलेको थियो ।

संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री गिरीले सोमबार विश्वासको मत मागेका थिए ।

मुख्यमन्त्री गिरीको पक्षमा ३३ मत मात्र परेपछि सरकार ढलेको हो । ८७ सदस्यीय लुम्बिनीको प्रदेश सभामा सरकार बनाउनका लागि ४४ मत आवश्यक पर्छ । तर, अहिले एमालेका २९ र राप्रपाका ४ गरी मुख्यमन्त्री गिरीले ३३ मत मात्र प्राप्त गरेका हुन् । विश्वासको मतको विपक्षमा भने ५३ मत परेको सभामुख तुलाराम घर्तीले जानकारी गराएका छन् । ‘सरकारको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ,’ उनले भने, ‘अर्को बैठक सुचना मार्फत जानकारी गराईनेछ ।’

पुस २७ गते ७ दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा ८ दलका ५८ जनाबाट विश्वासको मत पाएका थिए । सरकार गठनको साढे तीन महिना र विश्वासको मत पाएको तीन महिनामै उनले दोस्रो पटक विश्वासको मतको सामना गरेका हुन् । उनलाई समर्थन गरेका माओवादीसहितका ५ दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक विश्वासको मत मागेका हुन् । सोमबार प्रदेश सभामा भएको मत विभाजनमा एमालेका २९ र राप्रपाका ४ गरी ३३ मत सरकारको पक्षमा प्राप्त भएको हो । मुख्यमन्त्री गिरीको विपक्षमा कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपा, लोसपा र जनमतका ३र३, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका १र१ प्रदेश सभा सदस्यले मत दिएका छन् ।

एमाले नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा अर्को सरकार गठनको प्रकृया गठबन्धनका दलहरुले सोमबार नै सुरु गर्ने भएका छन् । कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकारले विश्वासको मत प्राप्त गर्न नसकेको जानकारी सोमबार नै प्रदेश प्रमुखलाई बनाएर कांग्रेस नेता डिल्ली चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचन समक्ष आग्रह गर्ने बताए । ‘हामी आज नै सरकार गठनको प्रकृया सुरु गर्न आग्रह गर्दै छौं,’ उनले भने, ‘सम्भवत बुधवारसम्ममा नयाँ मुख्यमन्त्री नियुक्त हुनुहुनेछ ।’

गठबन्धनका दलहरुले यस अघि नै ५३ जना प्रदेश सभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुख शेरचन समक्ष बुझाई सकेका छन् । उनीहरुले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठन गर्न माग गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group