बुटवल, १७ माघ । रुपन्देहीमा शंख बजाउने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता लुम्बिनी ज्योतिष तथा वास्तु सेवा केन्द्र र लुम्बिनी पूजा सामग्री भण्डारले आयोजना गरेका हुन् ।
‘संस्कार र संस्कृति बचाऔं, रोग र वास्तु दोष हटाऔं’ भन्ने नाराका साथ बुटवलको सिद्धेश्वरमा भएको प्रतियोगितामा रुपन्देही, लमजुङ, चितवन, नवलपरासी, कपिलवस्तुका गरी ४७ जना सहभागी भएका थिए । त्यसमध्ये ३ जना महिला थिए ।
शंख लोप हुने अवस्थामा पुगेकाले युवापुस्ताको ध्यानतान्न प्रतियोगिता सञ्चालन गरिएको धार्मिक अगुवा तथा ज्योतिष जनार्दन न्यौपानेले बताए ।प्रतियोगितामा चितवनका गणेशप्रसाद भट्टराई प्रथम, नवलपरासीका कृष्णप्रसाद अर्याल द्वितीय, बुटवलका बलराम लम्साल तृतीय भए भने रुपन्देही तिलोत्तमाका कृष्णप्रसाद न्यौपाने र बुटवलका दीपेन्द्र गौतमले सान्त्वना पुरस्कार पाए ।
उनीहरुले क्रमशः नगद ५ हजार १ सय, २ हजार १ सय, १ हजार १ सय र ५ सयसहित एक–एक वटा शंख पुरस्कार पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्