ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतको आदेश हुँदाहुँदै वीरगञ्जमा एनटीसीको भवन भत्काइयो, टेलिकमको आपत्ति


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ५ : ३५   बजे

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले उच्च अदालतको आदेशविपरीत वीरगञ्ज घण्टाघरनजिक रहेको आफ्नो कार्यालय भवन भत्काइएको भन्दै आपत्ति जनाएको छ।

टेलिकमले विज्ञप्ति जारी गर्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले दिएको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै सडक डिभिजन कार्यालय हेटौंडाले आफ्नो कार्यालय भवन भत्काएको दाबी गरेको हो।

अदालतले मुख्य सडक विस्तारको काम रोक्न आदेश दिएको थियो

टेलिकमका अनुसार प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले सडक डिभिजन कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय पर्सालगायतलाई विपक्षी बनाएर साउन २८ गते उच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले साउन २९ गते वीरगञ्जको मुख्य सडक विस्तारसम्बन्धी कार्य तत्काल नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अदालतले विपक्षीका नाममा लिखित जवाफ पेस गर्न १५ दिनको समयसमेत दिएको टेलिकमले जनाएको छ।

तर अदालतको आदेश आएको केही दिनमै आफ्नो कार्यालय भवन भत्काइएको एनटीसीको आरोप छ।

दुई स्काभेटर प्रयोग गरी भवन भत्काएको दाबी

एनटीसीका प्रवक्ता डा. कमल लामिछानेले जारी गरेको विज्ञप्तिअनुसार सडक डिभिजन कार्यालय हेटौंडाले साउन ३० र ३१ गते दुईवटा स्काभेटर प्रयोग गरेर दूरसञ्चार कार्यालय वीरगञ्जको भवन भत्काएको थियो।

टेलिकमले भवन भत्काउँदा नापी विभागबाट तय भएको नक्सांकनभन्दा फरक ढङ्गले संरचना हटाइएको दाबीसमेत गरेको छ।

अदालतको आदेशपछि पनि यस्तो कदम चालिनु गम्भीर विषय भएको टेलिकमको भनाइ छ।

‘एकपक्षीय रूपमा भवन भत्काइयो’

नेपाल टेलिकमले स्वीकृत मापदण्डभित्र रहेर भवनको संरचना पुनर्निर्माण गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

तर आफूले संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाउँदै आएको अवस्थामा समेत सडक डिभिजनले एकपक्षीय रूपमा भवन भत्काएको भन्दै कम्पनीले असन्तुष्टि व्यक्त गरेको छ।

टेलिकमले अदालतको आदेशको सम्मान गर्दै विवादलाई कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ।

सडक विस्तार र सरकारी सम्पत्तिबीच विवाद

वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा सडक क्षेत्रमा पर्ने संरचना हटाउने विषयलाई लिएर विभिन्न निकायबीच विवाद देखिँदै आएको छ।

एनटीसीको भवन भत्काइएको घटना भने अदालतले तत्काल काम नगर्न आदेश दिएको अवस्थामै संरचना हटाइएको हो कि होइन भन्ने गम्भीर कानुनी प्रश्नसँग जोडिएको छ।

अब अदालतमा विपक्षी पक्षको लिखित जवाफ पेस भएपछि भवन भत्काउने कार्य आदेशको दायराभित्र थियो वा अदालतको आदेशको उल्लंघन भयो भन्ने विषय थप स्पष्ट हुने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुन सक्रिय, ६ प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

प्रतिनिधिसभा बैठक आज : चार मन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लाल सागरमा साउदी सैन्य जहाजसहित पाँच जहाजमाथि क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी

देशभर मनसुन सक्रिय, ६ प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

प्रतिनिधिसभा बैठक आज : चार मन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने

Capitalism Threatens Summer’s Enjoyment, Advocates Say Socialism Offers A Solution

Union Organizer’s Scholar Retires After Decades of Research

उपत्यकामा एकैदिन ५२ हजारभन्दा बढी ग्यास सिलिन्डर बिक्री, अभाव घट्दै गएको निगमको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu