ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भ्रम’ फैलाउने फ्लाई दुवईका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक


abc tv
१२ बैशाख २०८०, मंगलबार   ३ : ४४   बजे

काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुवईका लागि उडेको जहाजमा चरा ठोक्किएको भन्ने भ्रमपूर्ण समाचार दिएको भन्दै दुई अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको जनाएको छ ।

फ्लाई दुवईका कन्ट्री म्यानेजर र विमानस्थल म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरुको विमानस्थल प्रवेश पास निस्क्रिय पारिएको जनाएको छ ।

सामाजिक सञ्जालमार्फत् प्राधिकरणले यस्तो जनाएको छ । काठमाडौंबाट दुवईका लागि सोमबार बेलुका उडेको विमानमा उड्नासाथ समस्या देखिएको भए पनि पछि सबै ‘प्यारामिटर’ नर्मल रहेको भन्दै गन्तव्यतर्फै लागेको थियो ।

काठमाडौंबाट सोमबार बेलुका ९ बजेर २० मिनेटमा उडेको जहाजबाट ‘ठूलो आवाज’ आएको थियो । काठमाडौंका स्थानीयले ‘पड्किएको आवाज’ सुनेको बताएका थिए ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ निरौलाका अनुसार जहाज उड्नासाथ समस्या आएको भन्दै अवतरणको अनुमति मागिएको थियो । त्यसपछि विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो ।

“उड्नासाथ जहाजमा समस्या आयो भनेर खबर आयो,” निरौलाले बाह्रखरीसँग भने, “उड्नासाथ समस्या आयो भनेर केहीबेर रोक्यो । त्यसबेला आगो देखिएको कुरा आयो । केहीबेर होल्ड गरेपछि आफ्ना सबै प्यारामिटर चेक गरेर नर्मल देखियो भन्दै जहाज गन्तव्यतर्फ नै गयो ।”

अन्य गन्तव्यतर्फबाट आएका जहाजलाई एकैछिन रोकेर फ्लाई दुवईको जहाज अवतरणको तयारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चेम्बरले नेपाल प्रहरीलाई दियो १७ सर्भिलेन्स ड्रोन

प्रहरी चौकी बेत्रावतीका असईको पौडेलको शव चितवनमा फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu