ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारामा अब एउटा नगरपालिकाको मात्र मत गन्न बाँकी, अहिलेसम्म कसले कति पाए ?


एबीसी न्यूज
१२ बैशाख २०८०, मंगलबार   ९ : ३३   बजे

काठमाडौं, १२ बैशाख ।  बारा निर्वाचन क्षेत्र नम्बर २ मा अब एउटा नगरपालिकाको मात्र मत गन्न बाँकी छ। बाराका डिएसपी पुरूषोत्तम पाण्डेका अनुसार केही समयअघि मात्र महागढीमाईको मत गनिसकिएको हो। अब पचरौता नगरपालिकाको मात्र मत गन्न बाँकी छ। पचरौतामा १३ हजार ५ सय ९९ मत खसेको थियो। यहाँको मत केही बेरपछि गन्न सुरू हुनेछ।

बारा–२ मा कुल ६८ हजार ८८७ मत खसेको थियो। यो निर्वाचन क्षेत्रमा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिका पर्छन्। यहाँ सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच मुख्य प्रतिस्पर्धा छ। नेकपा एमालेबाट पुरूषोत्तम पौडेल, प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट अरूण ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल उम्मेदवार छन्।

यहाँ सत्ता गठबन्धनले जसपाका यादवलाई सघाएको छ।पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्। महागढीमाईको मत गनिसक्दासम्म यादवले २२ हजार ५५२ मत पाएका छन्। त्यस्तै कुशवाहाले १९ हजार ९२३ मत पाएका छन्। यादव कुशवाहाभन्दा २ हजार ६२९ मतले अगाडि छन्।त्यस्तै एमालेका पुरूषोत्तम पौडेलले ६ हजार ५०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ६८१ मत पाएका छन्। आम जनता पार्टीका अरूण ज्ञवालीले २ हजार ६१५ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चेम्बरले नेपाल प्रहरीलाई दियो १७ सर्भिलेन्स ड्रोन

प्रहरी चौकी बेत्रावतीका असईको पौडेलको शव चितवनमा फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu