ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री उपस्थित नभएको भन्दै एमालेले गर्‍यो राष्ट्रिय सभा बैठकमा अवरोध


abc tv
१३ बैशाख २०८०, बुधबार   ५ : ०७   बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ।

सत्तापक्षले नै दर्ता गराएको र आफू समर्थक मात्र रहेको जरूरी सार्वजनिक महत्वको प्रस्तावको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै एमालेले बैठकमा उभिएर विरोध गरेको हो।

एमालेको विरोधपछि बैठक १४ मिनेटका लागि स्थगित भएको छ।

एमाले सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री उपस्थित नभए छलफलमा सहभागी नहुने बताएका थिए।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारका अन्य मन्त्री उपस्थित भएको र अर्थ मन्त्रालयका कर्मचारीको टिपोटका आधारमा अर्थमन्त्रीले जवाफ दिने बताए पनि एमाले सांसदहरूले भौतिक रुपमा उपस्थित हुनुपर्ने अडान लिएका हुन्।

ुखेलाँची गरे जस्तो भयो। संसदको गरिमालाई होच्याउने काम गरियोु, एमाले सांसदले बैठकमा भने, ‘देशको अर्थतन्त्रसँग सम्बन्धित प्रस्तावको छलफल भौतिक रूपमा उपस्थित भएर सुन्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले ‘मन्त्रीले ढिला आउनुपर्ने बाध्यता बताउनु भएको’ उल्लेख गरेका थिए। तर एमाले सांसदहरू उभिएपछि तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् ।

राष्ट्रिय सभामा मदनकुमारी शाह प्रस्तावक रहेको सुदृढ अर्थतन्त्र निर्माणका लागि नीति निर्माणसम्बन्धी प्रस्ताव माथि छलफल राखिएको थियो।

अर्थमन्त्री प्रकाशशरण महत उपस्थित भएपछि राष्ट्रिय सभाको बैठक फेरि सुरू भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

‘हुबहु भाषणलाई ट्रोल बनाइएपछि दुईपटक आत्महत्याको प्रयास गरेँ’

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu