ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिबाट सन्न्यास लिने सोचमा माधव नेपाल


एबीसी न्यूज
१५ बैशाख २०८०, शुक्रबार   १२ : ०६   बजे

काठमाडौं, १५ बैशाख । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिबाट सन्न्यास लिने संकेत गरेका छन्। जनकपुरधाममा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिबाट सन्न्यास लिने संकेत गरेका हुन्।‘पार्टीको अब हुने अधिवेशनबाट म पनि सन्न्यास लिने सोच्दै छु’, पूर्वप्रधानमन्त्री नेपालले भने, ‘पार्टीमा युवाहरूलाई अवसर दिनुपर्छ, ७० वर्ष कटेका नेताहरूलाई समेत आफ्ना दलबाट सन्न्यास लिन आग्रह गर्दछु।’

राजनीतिमा पनि पुस्तान्तरण गरिए मात्रै देशका लागि भलो हुने उनले बताए। पूर्वप्रधानमन्त्री नेपालले उपनिर्वाचनले ठूला र पुराना राजनीतिक दललाई सच्चिन सन्देश दिएको बताए।उनले भने ‘उपनिर्वाचनको परिणामले ठूला दलहरूकालागि शुभ संकेत होइन, अब पनि नसच्चिए ती दलहरूकालागि आउने दिन सहज हुनेवाला छैन।’ उनले राजनीतिमा गुण्डातन्त्र हावी हुँदै गइरहेकाले राजनीतिक दलका नेताहरूप्रति प्रश्न खडा भएको बताए।
‘वडा तहका नेतादेखि केन्द्रीय तहसम्मका नेताले पद र पैसाको दुरुपयोग गरिरहेका छन्’, नेपालले भने ‘यसमा सुधार नगरिए राजनीतिक दलमाथि जनताको विश्वास गुम्नेछ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

‘हुबहु भाषणलाई ट्रोल बनाइएपछि दुईपटक आत्महत्याको प्रयास गरेँ’

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu