ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब सरकारमा जाने होइन, समर्थन फिर्ता लिन्छौँ : रवि लामिछाने


ABC NEWS
१५ बैशाख २०८०, शुक्रबार   १२ : ५४   बजे

 

काठमाडौं १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच महिनामा दोस्रो पटक सांसद पदको शपथ लिएका छन्।

सिंहदरबारस्थित संसद सचिवालयका सांसद पदको शपथ लिएपछि सभापति लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने सम्भावना नरहेको बताएका छन्।

‘अहिले सरकारमा जाने वातावरण छैन। समर्थनबारेमा हामी तत्कालै केन्द्रीय समिति र संसदीय दलको बैठकबाट निर्णय लिन्छौँ’, उनले भने, ‘सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना धेरै देखिन्छ।’

उनले आमनागरिकसँग भोट मागिरहँदा महत्वपूर्ण विषयका रुपमा भ्रष्टाचार नियन्त्रणको मुद्दा उठाएको बताए।

‘हामीले भ्रष्टाचार नियन्त्रणलाई जोडदार रुपमा उठायौँ। तर हामी सरकारबाट हटेपछि सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण एजेन्डा नै हटाएर गम्भीर गल्ती गर्योु, उनले भने, ‘सरकारले हाम्रो मुख्य एजेन्डा नै हटायो। त्यसमा हाम्रो गम्भीरभन्दा गम्भीर आपत्ति छ। हामीलाई जनताले एजेन्डासहित पठाएका हुन्। हाम्रो एजेन्डा हटाइएको कुरामा गम्भीर आपत्ति छ।’

उनले सरकारलाई समर्थनबारे गम्भीर समीक्षा गरेर निर्णय लिने बताए। ‘सरकारमा रहने त अहिले सोच्नै सकिँदैन। समर्थनबारे पनि हामी गम्भीर समीक्षा गरेर निर्णय लिन्छौँ’, उनले भने, ‘धेरैले यसबारेमा केहो भनेर चासो राख्नु भएको थियो। चुनावमा जे जस्ता कृयाकलाप भए, तिनका कारण पनि सरकारको समर्थन पनि पुनर्विचार गर्छौँ।’

उनले उपनिर्वाचनमा आफूहरुविरुद्ध सरकारी हेलिकोप्टर नै उतारे सरकारका मान्छे लागेको बताए। ‘हामविरुद्ध चुनावमा सरकारी हेलिकोप्टर नै उतारियो। मन्त्री दिने भन्दै हेलिकोप्टर सरकारी हेलिकोप्टर लिएर निर्वाचन क्षेत्रमा पुगियोु, उनले भने, ‘हामीले एकदमै धेरै सोच्नुपर्ने अवस्था छ। मुलुकमा अस्थिरता नहोस् भन्ने पनि सोच्नुपर्छ। तर हामी यो सरकारमा जाने र समर्थन गरिरने सम्भावनाबारे नसोच्दा हुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group