ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँग अझै सहकार्य गर्न चाहन्छौं : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS
१५ बैशाख २०८०, शुक्रबार   १ : ५३   बजे

 

काठमाडौँ १५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकी देश चीनसँग सहकार्य गरेर नै अघि बढ्न चाहेको बताएका छन् । चीन सरकारको सहयोगमा निर्माण भएको सिभिल अस्पताल भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको स्वास्थ्य क्षेत्रको गुणस्तर बढाउन र स्वास्थ्य उपचार सेवामा सबै नागरिकको पहुँच विस्तार गर्न चीन सरकारको थप सहयोग र सहकार्य चाहेको बताए ।

‘स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिका लागि स्वास्थ्य उपकरणको व्यवस्थापन, पूर्वाधार विकास, चिकित्सक र स्वास्थ्यकर्मीहरुको सीप विकास तथा स्वास्थ्य क्षेत्रको प्रविधि आदानप्रदान जस्ता विषयहरुमा हामी चीन सरकारको थप सहयोग र सहकार्य होस् भन्ने चाहन्छौं, उनले भने ।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिङपिङको सबैका लागि स्वास्थ्य भन्ने नाराका लागि विश्व समुदाय निर्माण गर्ने भिजनमा समेत नेपालले सहकार्य गर्न चाहिरहेको बताए ।

उनले चीन सरकारले नेपालका विभिन्न अस्पतालहरुलाई अत्याधुनिक प्रविधिहरु उपलब्ध गराउन चीन सरकारले सहमति जनाएको जानकारी दिए । ‘चीनले सिभिल अस्पतालका लागि ब्लड क्यान्सरको उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक कार-टि-सेल प्रविधि उपलब्ध गराएको छ । मलाई लाग्छ, चीनले जनाएको प्रतिवद्धताको यो पनि एउटा कदम हो,’ उनले भने ।

उनले सिभिल अस्पताललाई मात्रै नभएर नेपालका अन्य अस्पतालहरुलाई समेत चीनजस्ता अन्य मित्र राष्ट्रहरुको सहयोग लिएर भएपनि विश्वस्तरीय चिकित्सा उपचार उपलब्ध गराउनेतर्फ सबैको ध्यान पुग्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी र त्रिशूलीमा पानीको बहाव सामान्य, जोखिम भने कायमै

अपर त्रिशूली–३ ‘बी’ आयोजनाको क्याम्प लेदोले पुरियो, उद्धार कार्य चुनौतीपूर्ण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu